२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सि.न.पा.–१० को वडा भवन उद्घाटन

बिहिवार , फाल्गुण ६, २०७७

भैरहवा, ६ फागुन । 
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० को वडा समितिको कार्यालय भवनको उद्घाटन भएको छ । नगरप्रमुख हरि प्रसाद अधिकारी र उपप्रमुख उमा काफ्लेले उक्त भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सि.न.पा.–१० का वडाअध्यक्ष विजयनाथ धोवीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशिल लम्साल, वरिष्ठ इञ्जिनियर यमलाल पाण्डे, वडा नम्बर ६ का वडा अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तव, वडा नम्बर ३ का वडा अध्यक्ष थानेश्वर पौडेल, वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला), शंकर मुराव, कृष्ण बहादुर कुंवर लगायतले बोलेका थिए ।

वडा नम्बर १० की वडा सदस्य जानकी कुँवरको स्वागत तथा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।