images

सोमवार, बैशाख २४ गते २०८१

सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक : ऊर्जामन्त्री बस्नेत

सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक : ऊर्जामन्त्री बस्नेत

images
images
images
आइतवार, चैत्र १८ २०८०
आइतवार, चैत्र १८ २०८०
  • सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक : ऊर्जामन्त्री बस्नेत

    काठमाण्डाै, १८ चैत । आइतबार प्रतिनिधिसभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा मन्त्री बस्नेतले नेपालमा ऊर्जाको माग र खपत वर्षभरि नै लगभग समान रहेपनि जलविद्युत् उत्पादन भने वर्षायाममा बढ्ने र सुक्खायाममा घट्ने भएकाले सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताए ।

    images
    images
    images

    उनले सौर्य ऊर्जाको प्रवर्द्धनसहित ऊर्जा पहुँच बढाउन र ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नका लागि  सौर्य गठबन्धन  गठन भएको तथा संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरु यसका आबद्ध रहेको जानकारी दिए । उक्त सम्झौतामा एक सय १८ देशले हस्ताक्षर गरिसकेको र ९७ देशले स्वीकृत नै गरिसकेको ऊर्जामन्त्री बस्नेतले जानकारी दिए ।

    जलवायु परिवर्तनका चुनौतीसँग जुध्नका लागि स्वच्छ ऊर्जा प्रयोगमा जोड दिने तथा ऊर्जा सुरक्षालाई प्रभावकारीरुपमा अगाडि बढाउने प्रतिबद्धताका लागि नेपालले यो सम्झौतापत्रमा हस्ताक्षर गरेको बताएका छन् । 

    बैठकमा सांसदहरुले सौर्य ऊर्जाका क्षेत्रमा ठूलो वैदेशिक लगानी भित्र्याउन सकिने सम्भावना रहेको भन्दै यसको आवश्यकता बढि रहेको धारणा राखेका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij