images

शुक्रवार, बैशाख २१ गते २०८१

रूपन्देही सुपर लिग : तिरुपति ६५ रनले विजयी

रूपन्देही सुपर लिग : तिरुपति ६५ रनले विजयी

images
images
images
आइतवार, चैत्र १८ २०८०
आइतवार, चैत्र १८ २०८०
  • रूपन्देही सुपर लिग : तिरुपति ६५ रनले विजयी

    भैरहवा, १८ चैत ।
    ड्रिम युनिक रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा तिरुपति क्रिकेट क्लब विजयी भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा तिरुपतिले सैनामैना क्रिकेट क्लबलाई ६५ रनले पराजित गर्दै विजयी भएको हो ।

    images
    images
    images

    टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरको खेलमा ४८ ओभर खेल्दै सबै विकेटको नोक्सानीमा २ सय ३० रनको बलिये स्कोर खडा गर्यो । उसका लागि एजाजुल हकले ६४ रनको अर्धशतकी पारी खेले भने आकाश त्रिपाठीले ३५, कमल विकले ३०, संदीप मौर्यले २५, रुपेश कुर्मीले अविजित १८, सुभाष खत्रीले १६ र आनन्द गौडले १४ रनको योगदान दिए । बलिङमा सैनामैनाका गणेश गौतमले ४, दिलसद अली र सुनिल पौडेलले २–२ तथा गोपाल शर्मा र प्रदीप सुवेदीले समान १–१ विकेट लिए ।

    प्रतिउत्तरमा सैनामैना ४२ ओभर ३ बलमा १ सय ६५ रन जोड्दा अलआउट भयो र हार व्यहोर्यो । उसलाई उक्त स्कोरमा रोक्न बलिङमा तिरुपतिका संदीप मौर्यले ३, रोहित थापा, सुभाष खत्री र रुपेश कुर्मीले समान २–२ तथा तुलबहादुर थापाले १ विकेट हात पारे । सैनामैनाका निश्चल क्षेत्रीले ४०, सुजन क्षेत्रीले २६, गणेश घिमिरेले २१, गणेश गौतमले १२, गणेश पौडेलले ११ र विक्रम गौतमले १० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । खेलमा तिरुपतिका एजाजुल हक म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

    म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij