images

शुक्रवार, बैशाख २१ गते २०८१

रूपन्देही सुपर लिग : जेआरलाई सफलता

रूपन्देही सुपर लिग : जेआरलाई सफलता

images
images
images
सोमवार, चैत्र १९ २०८०
सोमवार, चैत्र १९ २०८०
  • रूपन्देही सुपर लिग : जेआरलाई सफलता

    भैरहवा, १९ चैत ।
    खडक बोहरा र प्रकाश जैशीको अर्धशतकको मद्दतमा जेआर क्रिकेट क्लबले भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा जीत हात पारेको छ । उसले बुटवल–११ लाई ६३ रनले पराजित गर्दै जीत निकालेको हो ।

    images
    images
    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको जेआरले निर्धारित ५० ओभरको खेलमा ४७ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर २ सय ८३ रनको उच्च योगफल बनायो । उसका लागि खडक बोहराले ७५, प्रकाश जैशीले ५८, संदीप सुनारले ३८, नरेन साउदले ३२, अनमोल श्रीसले २१, विशाल भुसालले १५ र राज खनालले १३ रनको योगदान दिए । बलिङमा बुटवल–११ का विवश खातीले ३, अशोक पौडेल र प्रमिश अर्यालले २–२ तथा मञ्जिल भण्डारीले १ विकेट हात पारे ।

    जवाफी ब्याटिङ गरेको बुटवल–११ भने ४३ ओभर ४ बलमा २ सय २० रन बनाउँदा अलआउट भयो र हार व्यहोर्यो । उसका लागि हिमाल पुनले अविजित ६०, प्रमिश अर्यालले ३३, मनिष न्यौपानेले २४, तौसिफ आलमले १७, विनोद थापाले १५, विवेक शर्माले १३ र विवश खातीले १० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । बलिङमा जेआरका संदीप सुनारले ३, प्रकाश जैशी र खडक बोहराले २–२ तथा नरेन साउद र विमल भुसालले समान १–१ विकेट लिए । खेलमा जेआरका खडक बोहरा प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ पाए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij