२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

बुटवलमा एकहप्ते विधागत पत्रकारिता तालिम सुरु

सोमवार , चैत्र १९, २०८०

  • 940
    Shares
  • 940
    Shares
  • बुटवल, १९ चैत । 
    रुपन्देहीको बुटवलमा एकहप्ते विधागत पत्रकारिता विशेष पत्रकार क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । सोमबार एक कार्यक्रमबीच बुटवल उममहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा आयोजित तालिमको उद्घाटन गरे । 

    सो अवसरमा बोल्दै नगरप्रमुख पाण्डेयले पत्रकारले सरकारलाई खबरदारी गर्नुपर्ने र नराम्रा पक्षहरु उठान गरिदिनुपर्ने बताए । ‘बुटवल उपमहानगरको विकास र समृद्धि नै हामी सबैको चाहना हो । उनले भने, ‘हामीले काम गर्दैगर्दा भए/गरेका कमजोरी औल्याइदिएर सञ्चार जगतले हामीलाई सहयोग गरोस् भन्ने हामी चाहन्छौं ।’
    बुटवललाई सुन्दर, सफा र हरियाली बनाउने योजनासहित बुटवल उपमहानगरपालिका अगाडि बढेको उनले उल्लेख गरे ।

    उनले भने, ‘बुटवलको बजार व्यवस्थित गराउने उद्देश्यले सडक व्यवस्थापन, सुरक्षाका लागि बजार क्षेत्रहरुमा आवश्यक सीसीटिभी जडान, उज्यालो शहरको रुपमा विकास गर्न, हाईमास्ट लाइट जडान, छाडा चौपाया व्यवस्थापन लगायत विभिन्न अवधारणासहित हामीले काम गरेको छौं ।’

    कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीका संयोजक निर्मल जिसीले पत्रकारिताको मिसन र आचारसंहितामा रही समाचार सम्प्रेषण गर्न आग्रह गरे । 

    त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारले पत्रकारिताको मर्म र मर्यादालाई ख्याल गनुपर्नेमा जोड दिए । 

    कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय उपमहासचिव यानेन्द्र जिसी, लुम्बिनी प्रदेश अध्यक्ष मानसिंह विक, अग्रज पत्रकार मदनलाल पौडेल लगायतले बोलेका थिए । 

    बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिम ७ दिनसम्म सञ्चालन हुने प्रेस सेन्टर रुपन्देहीका अध्यक्ष विष्णु पोखरेल जानकारी दिए । 

    तालिममा विभिन्न सञ्चार माध्यममा आबद्ध ३० जना पत्रकारको सहभागीता रहेको प्रेस सेन्टर रुपन्देहीले जनाएको छ ।