२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

परिवर्तनको रक्षा र विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु अबको प्रमुख कार्यभार : सञ्चारमन्त्री शर्मा

मंगलवार , चैत्र २०, २०८०

  • 970
    Shares
  • 970
    Shares
  • काठमाडाैं, २० चैत ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकमा भएको परिवर्तनको रक्षा र विकास गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु अबको प्रमुख कार्यभार भएको बताएकी छन् ।

    मंगलबार काठमाडौंमा रेडियो नेपालको ७४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले जनयुद्ध, जनआन्दोलनलगायत सङ्घर्षको फलस्वरुप नेपालमा ठूलो राजनीतिक परिवर्तन आएको भन्दै राजनीतिक परिवर्तनको जगमा जनताको जीवनमा परिवर्तन ल्याउनु अबको प्रमुख कार्यभार भएको बताएकी हुन् ।

    मन्त्री शर्माले लोकतन्त्र, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी, समानुपातिक प्रतिनिधित्व ऐतिहासिक उपलब्धि भएका बताइन् । उनले विगतका गौरवमय सङ्घर्षको जगमा बनेको नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताइन् ।

    हाल समाजमा देखा पर्न खोजिरहेका उच्छृङ्खल र अराजक प्रवृत्तिलाई निरुत्साहित गर्ने खालका सामग्री उत्पादन तथा प्रसारण प्रकाशनमा जोड दिन आवश्यक रहेको उनले बताइन् । त्यस्तै उनले बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था बदल्न रेडियो नेपालले अझै विविधतापूर्ण सामग्री उत्पादन र प्रसारण गर्नतिर ध्यान दिन आवश्यक रहेको बताइन् ।

    कार्यक्रममा रेडियो नेपालमा २५ वर्ष सेवा गरेका कर्मचारीलाई दिर्घसेवा पदक प्रदान गरिएको थियो ।