images

शुक्रवार, बैशाख २१ गते २०८१

रूपन्देही सुपर लिग : तिरुपतिद्वारा वेष्टर्न ५ विकेटले पराजित

रूपन्देही सुपर लिग : तिरुपतिद्वारा वेष्टर्न ५ विकेटले पराजित

images
images
images
मंगलवार, चैत्र २० २०८०
मंगलवार, चैत्र २० २०८०
  • रूपन्देही सुपर लिग : तिरुपतिद्वारा वेष्टर्न ५ विकेटले पराजित

    भैरहवा, २० चैत ।
    तिरुपति क्रिकेट क्लबले ड्रिम युनिक रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगितामा जीत निकालेको छ । मंगलबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा वेष्टर्न क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै तिरुपतिले जित हात पारेको हो ।

    images
    images
    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ५० ओभरको खेलमा २९ ओभर ५ बल खेल्दै १ सय ४ रन बनाउँदा अलआउट भयो । उसका लागि भुवन पाण्डेले २०, दिवान पुनले १६, रञ्जित खड्काले १४ तथा विष्णु पाण्डेले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीम सस्तैमा समेटियो र पराजित भयो । बलिङमा उसलाई सस्तैमा रोक्न तिरुपतिका आकाश त्रिपाठीले ३, सुभाष खत्री र संदीप मौर्यले २–२ तथा रोहित थापाले १ विकेट हात पार्न सफल भए ।

    १ सय ५ रनको झिनो लक्ष्य पछ्याएको तिरुपति २४ ओभर ४ बलमा ५ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा संदीप मौर्यले ३६, एजाजुल हकले अविजित २२ तथा तुलबहादुर थापाले २० रनको योगदान दिए । बलिङमा वेष्टर्नका अभिषेक गौतम र दिवान पुनले समान २–२ विकेट लिए । खेलमा तिरुपतिका संदीप मौर्य म्यान अफ द म्याच भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

    म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij