images

आइतवार, बैशाख २३ गते २०८१

संसदीय छानबिन समिति गठन नभए जस्तोसुकै कदम चाल्न बाध्य हुने कांग्रेसको चेतावनी

संसदीय छानबिन समिति गठन नभए जस्तोसुकै कदम चाल्न बाध्य हुने कांग्रेसको चेतावनी

images
images
images
बुधवार, चैत्र २१ २०८०
बुधवार, चैत्र २१ २०८०
  • संसदीय छानबिन समिति गठन नभए जस्तोसुकै कदम चाल्न बाध्य हुने कांग्रेसको चेतावनी

    काठमाडौं, २१ चैत । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदनको अर्को बैठकमा संसदीय छानबिन समिति गठन नभए जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।

    images
    images
    images

    प्रतिनिधिसभाको बुधबारको बैठकमा सहकारी प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेस सांसदहरु उठेर विरोध जनाएका थिए । सो क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संसदको आगामी बैठकमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अल्टिमेटम दिदै समिति गठन नभए कांग्रेस चूप लागेर नवस्ने स्पष्ट पारे ।

    महामन्त्री शर्माले गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठनको माग कांग्रेसको न्युनतम शर्त रहेको बताए । कांग्रेसले मुद्दा उठाएर यो विषय टुंगिँदैछ भनेर प्रचार भइरहेको भन्दै उहाले सत्ता समीकरणको खेलमा कांग्रेस नलाग्ने धारणा राखे । शर्माले कांग्रेसले उठाएका प्रश्न बेवास्ता गर्दै आकस्मिक रुपमा गृह मन्त्रीलाई रोष्ट्रममा पठाइयो भने संसद् अवरोध गर्नुपर्ने परिस्थीति आउने बताए ।

    उनले आफुहरुले गृहमन्त्रीको राजीनामा माग गरेको नभई गृहमन्त्रीलाई संसदीय छानविन समितिमार्फत आफ्ना बिषयमा प्रष्ट पार्ने मौका दिन खोजेको जिकिर गरे ।

    गृृहमन्त्रीले आफूमाथि लागेको आरोपबारे सार्वजनिक बहस गर्न तयार भएको भन्दै उहाले सिंहदरबारभित्र स्थापना हुने संसदीय छानबिन समितिको कार्यालयमा आएर बहस गर्न चुनौति दिए । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेविरुद्ध छानविन गर्न संसदीय समिति बनाउनुपर्ने भन्दै कांग्रेसले लगातार सदनमा अडान राख्दै आएको छ । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij