images

शुक्रवार, बैशाख २१ गते २०८१

रूपन्देही सुपर लिग : सैनामैना क्रिकेट क्लब विजयी

रूपन्देही सुपर लिग : सैनामैना क्रिकेट क्लब विजयी

images
images
images
बुधवार, चैत्र २१ २०८०
बुधवार, चैत्र २१ २०८०
  • रूपन्देही सुपर लिग : सैनामैना क्रिकेट क्लब विजयी

    भैरहवा, २१ चैत ।
    भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगितामा सैनामैना क्रिकेट क्लब विजयी भएको छ । बुधबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा सैनामैनाले बुटवल–११ लाई ४ विकेटले पराजित गर्दै विजयी भएको हो ।
     
    सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको बुटवल–११ ले निर्धारित ५० ओभरको खेलमा ४४ ओभर १ बलमा सबै विकेट गुमाउँदै १ सय ३६ रनको सामान्य योगफल बनायो । उसका लागि प्रमिश अर्यालले २८, मनिष न्यौपाने र विभेष खातीले १८–१८ तथा विवेक शर्माले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा सैनामैनाका गोपाल पौडेलले ४, सुनिल सुनिल पौडेल र दिलसाद अलीले २–२ तथा गणेश गौतम र प्रदीप सुवेदीले समान १–१ विकेट लिए
     
    जवाफी ब्याटिङ गरेको सैनामैना ३२ ओभर २ बलमा ६ विकेटको नोक्सानीमा १ सय ३९ रन बनाउँदै जीत निकाल्यो । उसको जितमा विक्रम गौतमले अविजित ४८, सुनिल पौडेलले नटआउट २५, दिलसाद अलीले २२ तथा सुजन क्षेत्रीले १० रनको योगदान दिए । बलिङमा बुटवल–११ का तौसिफ आलमले ४, एजाज अहम्मद र मञ्जिल भण्डारीले समान १–१ विकेट लिए । खेलमा सैनामैनाका गोपाल पौडेल म्यान अफ द म्याच भई १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
     
    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

    images
    images
    images

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij