images

आइतवार, बैशाख २३ गते २०८१

लुम्बिनीका कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले दिए राजीनामा

लुम्बिनीका कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले दिए राजीनामा

images
images
images
बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • लुम्बिनीका कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले दिए राजीनामा

    भैरहवा, २२ चैत । लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा),नेपालका तर्फबाट मन्त्री रहेका अहिरले मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वकाे सरकार सरकार ढल्ने निश्चित देखिएपछि राजीनामा दिएका हुन् ।अहिर बाँके २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

    images
    images
    images

    मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने तयारी गरेका थिए । तर मुख्यमन्त्री चाैधरीले विश्वासकाे मत नपाउने देखिएपछि आजै पदबाट राजीनामा दिने तयारी गरेका छन् ।  जसपा लुम्बिनी संसदीय दलको बैठकले मुख्यमन्त्री चौधरीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । 

    गत वैशाख १४ गते ८ दलका ५३ सांसदको समर्थनमा मुख्मन्त्री बनेका चौधरी ११ सांसद रहेको नेकपा (माओवादी केन्द्र) ले फागुन २३ गते समर्थन फिर्ता लिएपछि अल्पमतमा छन् । लुम्बिनी प्रदेशमा ८६ जना प्रदेशसभा सदस्य छन् । बहुमतका लागि ४४ सांसद चाहिन्छ । प्रदेश सभामा कांग्रेसको २७, नागरिक उन्मुक्ति पार्टीको ४, जनमत पार्टी, राप्रपा र लोसपाको ३ र ३ तथा जनमोर्चा र स्वतन्त्र सांसदको १/१ मत पाउँदा पनि मुख्यमन्त्री चौधरीको पक्षमा ४२ मत मात्रै हुनेभएपछि विश्वासको मत नपाउने देखिएकाे हाे ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij