images

आइतवार, बैशाख २३ गते २०८१

राजनैतिक स्थिरता र आर्थिक विकासका लागि कांग्रेस र एमाले एक ठाँउमा उभिनुको विकल्प छैन : डा. शेखर कोइराला

राजनैतिक स्थिरता र आर्थिक विकासका लागि कांग्रेस र एमाले एक ठाँउमा उभिनुको विकल्प छैन : डा. शेखर कोइराला

images
images
images
बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • राजनैतिक स्थिरता र आर्थिक विकासका लागि कांग्रेस र एमाले एक ठाँउमा उभिनुको विकल्प छैन : डा. शेखर कोइराला

    नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनैतिक स्थिरता र आर्थिक विकासका लागि कांग्रेस र एमाले एक ठाँउमा उभिनुको विकल्प नभएको बताएका छन् ।

    images
    images
    images

    बिहीबार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै वरिष्ठ नेता डा. कोइरालाले संविधान ल्याउनका लागि कांग्रेस र एमाले एक ठाँउमा उभिए जस्तै मुलुकमा राजनैतिक स्थिरता र अर्थतन्त्र सुधारका लागि पुनः कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने र यसका लागि प्रयास जारी रहेको बताए ।

    वर्तमान निर्वाचन प्रणालीले मुलुकको राजनैतिक स्थिरता नआउने भएकाले निर्वाचन प्रणालीमा सुधारका लागि संविधान संसोधन आवश्यक रहको उनको भनाइ छ । फरक प्रसंगमा वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकमा पटक पटक सरकार परिवर्तनले जनतामा निराशा फैलिएको बताए । उनले संघिय सरकार मात्र नभइ प्रदेश सरकार पनि पटक पटक परिवर्तन गर्न नहुने जिकिर गरे ।

    कोइरालाले कोशी प्रदेशको वर्तमान सरकार अझै अल्पमतमा नपरेको र विश्वासको मत लिनु नपर्ने संवैधानिक व्यवस्था भएपनि विश्वासको मत लिनु राम्रो हुने बताए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij