images

शुक्रवार, बैशाख २१ गते २०८१

रूपन्देही सुपर लिग : वेष्टर्न ४ विकेटले विजयी

रूपन्देही सुपर लिग : वेष्टर्न ४ विकेटले विजयी

images
images
images
बिहिवार, चैत्र २२ २०८०
बिहिवार, चैत्र २२ २०८०
  • रूपन्देही सुपर लिग : वेष्टर्न ४ विकेटले विजयी

    भैरहवा, २२ चैत ।
    वेष्टर्न क्रिकेट क्लबले भैरहवामा जारी ‘ड्रिम युनिक रुपन्देही सुपर लिग’ एकदिवसीय क्रिकेट प्रतियोगितामा बिहीबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा जीत हात पारेको छ । वेष्टर्नले जेआर क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै जीत निकाल्न सफल भएको हो ।

    images
    images
    images

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको जेआर निर्धारित ५० ओभरको खेलमा २९ ओभर २ बलमा १ सय १५ रनको न्यून स्कोरमै अलआउट भयो । उसका लागि विशाल भुसालले २८ र खडक बोहराले २३, डालबहादुर क्षेत्रीले २० र अनमोल थापाले १९ रन बनाए पनि अन्य ब्याटर वेष्टर्नका बदरसामु निरीह बने । वेष्टर्नका अभिषेक गौतमले ५, बिष्णु पाण्डेले ३ तथा मिर्नाल गुरुङ र सुप्रिम कंडेलले समान १–१ विकेट लिए।

    जवाफमा झिनो योगफल पछ्याएको वेष्टर्न २४ ओभर ५ बलमा ६ विकेट गुमाउँदै १ सय १८ रन बनाई सहजै जीत हात पार्याे । उसको जितमा दीपेश रोकायले सर्वाधिक ४४ रन बनाउँदा सन्देश थापाले अविजित ३० रनको योगदान दिए । बलिङमा जेआरका संदीप सुनारले ३, नरेन साउदले २ तथा प्रकाश जैशीले १ विकेट लिए  । वेष्टर्नका अभिषेक गौतम म्यान अफ द म्यााच भई १ हजार २ सय रुपैयाँबाट पुरस्कृत भए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगितामा आगामी वैशाख ४ गतेसम्म सञ्चालन संघका सदस्यसमेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij