२०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

रुपन्देहीमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा

शुक्रवार , चैत्र २३, २०८०

  • 976
    Shares
  • 976
    Shares
  • बुटवल, २३ चैत । 
    कर्णेल उजिरसिंह थापाको स्मृतिमा चैत २४ गते शनिबारदेखि सुरु हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तयारी पूरा भएको छ । अंग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्न नेपाली सेनाको सफल नेतृत्व गरेका कर्णेल उजिर सिंह थापाको सम्मानमा सो प्रतियोगिता आयोजना गरिएको हो । 

    प्रतियोगितामा सहभागी हुन नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अमेरिका, फ्रान्स लगायत विभिन्न देशका २ सय भन्दा बढी खेलाडीहरु रुपन्देहीको बुटवल आइपुगेको प्रतियोगिता संयोजक माधव प्रधानले बताए । संयोजक प्रधानका अनुसार चैत २४ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिका–१३ स्थित होटल क्राउन, अर्घाखाँची पार्टी प्यालेसमा हुनेछ । 

    खेल पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बुटवल उपमहानगरपालिकाको विशेष सहयोग तथा बुटवल उपमहानगरपालिकाका बुद्धिचाल संघको आयोजनामा कर्णेल उजिर सिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको प्राविधिक टीम, खेलाडीहरु दर्ता लगायतका सबै कामहरु पूरा भएको संघका नगर अध्यक्ष सुधिर पुनले बताए । ‘खेलाडीहरु अनलाईन दर्ता भइरहेका छन् । सँगसंगै बुटवल आउने क्रम पनि जारी छ,’उनले भने । 

    नेपाल राष्ट्रको रक्षाका लागि तत्कालिन नेपाली सेनाका कर्णेल उजिरसिंह थापाको योगदान र बुटवलको जितगढी किल्लाको प्रचारप्रसारमा यो प्रतियोगिताबाट मद्दत मिल्ने उनले दावी गरे । प्रतियोगितामा विभिन्न बिधामा ७० वटा पुरस्कार रहेको उनले जानकारी दिए । 

    संयोजक माधव प्रसाद प्रधानले बुटवलको गरिमा बढाउने गरी प्रतियोगिता हुन लागेको बताए । खेललाई पारदर्शी र प्रचारप्रसार हुने गरी प्रविधिमैत्री खेल खेलाइने दावी गरे । ‘खेलमा ८ वटा डिजिटल बोर्डको प्रयोग हुनेछ,’ उनले भने । चैत २४ गतेदेखि २७ गतेसम्म हुने प्रतियोगितामा करिब ४७ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ।

    प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख, द्वितीयले १ लाख १० हजार, तृतीय ६० हजार, चौथोले ४० हजार, पाँचौंले ३० हजार, छैठौंले २० हजार रुपैयाँसहित कप, मेडलबाट पुरस्कृत हुनेछन । त्यसै गरी बेष्ट जुनियर ब्वाईज÷गल्र्स टीम ६ देखि १० स्थानसम्मले नगद २० हजार पाउनेछन् । त्यस्तै बेष्ट स्टुडेण्ट रूपन्देही ११ देखि १५ स्थानसम्मले १५ हजार, बेष्ट स्टुडेण्ट बुटवल १६ देखि २० सम्मले १३ हजार पुरस्कार पाउनेछ ।