
बिहिवार , फाल्गुण ६, २०७७
बुटवल, ६ फागुन ।
काठमाण्डौमा सम्पन्न टिम टेनिस नेपाल जुनियर प्रिमियर नेशनल प्रतियोगितामा रुपन्देहीका १ स्वर्णसहित ३ कास्य पदक जितेका छन । काठमाण्डौको ललितपुरमा सम्पन्न प्रतियोगिता अन्तरगत यु–८ समुहमा बुटवल न्यु होराईजन माविका निश्चल ज्ञवालीले स्वर्ण पदक जितेका हुन । उनले फाइनलमा काठमाण्डौका सुभम केसीलाई ४–० ले पराजित गर्दै उपाधि चुमेका हुन । ज्ञवालीले यु–९ समुहमा समेत तेस्रो स्थान हासिल गर्दै कास्य हात पारे ।
त्यसै गरी बुटवलकै संघर्ष फौदार यु –८ र यु –९ समुहमा तेस्रो स्थान हासिल गदै दुई कास्य जितेका छन । त्यसै गरी यु –९ को डबल्सतर्फ बुटवलका ब्रिजेश अर्याल र योगेश ज्ञवालीको जोडी काठमाण्डौका सन्जोग बिलोङ र सम्खा एच राईको जोडीसंग क्वाटरफाइनलमा पराजित भएका थिए । प्रतियोगितामा विभिन्न ८ समुहमा देशभरका एक सय खेलाडीहरुले भाग लिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij