
बिहिवार , फाल्गुण ६, २०७७
भैरहवा, ६ फागुन ।
लुम्बिनी प्रदेशस्तरीय कराँते प्रतियोगितामा नवलपरासी (पश्चिम) जिल्ला प्रथम भएको छ ।
प्रथम हुने नवलपरासीले ४ स्वर्ण र २ रजत पदक पाएको छ । दोस्रो रुपन्देही जिल्ला भएको छ जसमा रुपन्देहीले स्वर्ण ३, रजत ३, कास्य ३ प्राप्त गर्न सफल भएको छ । तेस्रो हुने पाल्पा स्वर्ण १ र रजत १ प्राप्त गरेको छ । प्रतियोगितामा १० वटा जिल्लाका प्रतियोगिहरुले सहभागिता जनाएका थिए ।
सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा रुपन्देही जिल्ला खेलकुद विकास समिति, बुटवलको कर्भड हलमा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रुपन्देही जिल्लाका खेलकुद विकास समिति प्रमुख संगमसिंह थापा, रेफ्री संयोजक ऋषिराम पौडेल, पाल्पा जिल्ला खेलकुद विकास समिति प्रमुख तारा बहादुर थापा, कराँते राष्ट्रिय रेफ्री तथा नेपाल कराँते महासंघ पूर्व केन्द्रीय सदस्य अमिर राई, बुटवल उपमहानगरपालिका खेलकुद विकास समिति सदस्य उमेश थापा लगायतको आतिथ्यता रहेको लुम्बिनी प्रदेश कराँते टेक्नीकल कमिटिका अध्यक्ष मीन पोखरेलले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij