२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अर्घाखाँची सिद्धार्थनगर सम्पर्क समाज रुपन्देहीको दोस्रो साधारणसभा सम्पन्न

शनिवार , चैत्र २४, २०८०

भैरहवा, २४ चैत ।
अर्घाखाँची सिद्धार्थनगर सम्पर्क समाज रूपन्देहीको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । अर्घाखाँची जिल्लादेखि बसाइँसराई तथा व्यवसायिक र रोजगारीको सिलसिलामा सिद्धार्थनगर र यस आसपासको क्षेत्रमा बसोबास गर्दै आएका व्यक्तिहरूलाई गोलबन्द गर्ने उद्देश्यले २०७९ कात्तिक ३ गतेदेखि विधिवत दर्ता भइ सुरु भएको समाजका अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ बूँद रानाले समाजले स्थापनाकालदेखि सामाजिक र साँस्कृतिक गतिविधि गर्दै गरेको बताउँदै समाजले अर्घाखाँचीको विकास गर्न र विद्यालयमा सहयोग गर्न आग्रह गरे।

समाजका सचिव राजेन्द्र प्रसाद पोखरेलले सचिवको प्रतिवेदन, कोषाध्यक्ष ताराप्रसाद पाण्डेले कोषाध्यक्षको प्रतिवेदन तथा अध्यक्ष कृष्णप्रसाद भट्टराईले अध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभाको अवसरमा २०८१ सालको भित्तेपात्रो विमोचन, शुभकामना आदानप्रदान, रक्तदान तथा सम्मान कार्यक्रम भएको थियो । रक्तदानबाट २० युनिट रगत नेपाल रेडक्रस सोसाईटीलाई प्रदान गरेको थियो ।