२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

सिद्धार्थनगर–२ मा निःशुल्क स्वास्थ्य शिविर, ३ सय जनाले लिए सेवा

शनिवार , चैत्र २४, २०८०

  • 988
    Shares
  • 988
    Shares
  • मनोज क्षेत्री 
    भैरहवा, २४ चैत ।
    शहीद जितेन्द्र–मणि स्मृति प्रतिष्ठान, लुम्बिनीले शनिबार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ को व्यवस्थापकीय र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) भैरहवाको प्राविधिक सहयोगमा उक्त शिविर भएको हो ।

    मेउडिहवा आधारभूत विद्यालयमा भएको शिविरमा करिब २ सय जनाको स्वास्थ्य परीक्षण भएको प्रतिष्ठानका अध्यक्ष तीर बहादुर रोका मगर (डार्बिन) ले बताए । शिविरमा महिला तथा प्रसुती सेवा, सामान्य चिकित्सा, हाडजोर्नी तथा नशा रोग, नाक, कान तथा घाँटी, छाला तथा यौन रोगको विशेषज्ञ सेवा तथा रक्त जाँच परीक्षण तथा रिपोर्ट सेवा उपलब्ध रहेको प्रतिष्ठानले जनाएको छ  । 

    शिविरको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले मानिसको स्वास्थय प्रमुख गहना भएकोले समयसमयमा स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए । 

    31459e54-73a0-481b-aeaf-38eb58af7c6c.jpeg

    शहीद जितेन्द्र–मणि स्मृति प्रतिष्ठान, लुम्बिनीका अध्यक्ष तिरबहादुर रोका मगर (डार्बिन) ले  प्रतिष्ठानले समयसमयमा विभिन्न वडामा स्वास्थ्य शिविरको आयोजना  गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले शहीद जितेन्द्र–मणि स्मृति प्रतिष्ठानप्रति कृतज्ञता व्यक्त गर्दै शिविरले जनताको स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्ने विश्वास व्यक्त गरे ।

    सिद्धार्थनगर–३ का अध्यक्ष  नारायण प्रसाद उपाध्यायले बिरामीले लाज नामानी स्वास्थ्यकर्मीसँग आफ्नो समस्या खुलेर बताउन आग्रह गरे ।
    युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी.ले सहिद जितेन्द्र–मणि स्मृति प्रतिष्ठानले कोभिडको महामारीको समयमा पनि जनताको स्वास्थयलाई मध्यनजर गरी काम गरेको स्मरण गरे । 

    प्रतिष्ठानका संस्थापक उपाध्यक्ष एवं सल्लाहकार नारायण बहादुर हमालको स्वागत तथा सचिव मनिष कुमार जोशीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।