२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

डा. कवीन्द्र बज्राचार्यको धर्मदेशना संग्रह ‘ज्ञान झरना’ पुस्तक विमोचन

आइतवार , चैत्र २५, २०८०

भैरहवा, २५ चैत ।
बौद्ध धर्मदेशना संग्रह ज्ञान झरनाको भैरहवामा विमोचन भएको छ । सह– प्राध्यापक डा.कवीन्द्र बज्राचार्यद्वारा लिखित पुस्तक ‘ज्ञान झरना’ को एक समारोहकाबीच विमोचन गरिएको हो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्रा.डा.गितु गिरी, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका चिफ मेडिकल डाइरेक्टर प्रा.डा.ज्ञानेन्द्र लामिछाने, नेपाल नेत्र ज्योति संघ रुपन्देही उपशाखाका उपसभापति नारायण प्रसाद अग्रवाल, पुष्पकिर्ती बुद्ध बिहारका संरक्षक शरणकाजी बज्राचार्यले विमोचन गर्दै शुभकामना व्यक्त गरेका थिए ।

पुष्पकिर्ती बुद्ध बिहारका सचिव पुर्ण प्रसाद श्रेष्ठको स्वागतमा भएको कार्यक्रमको सञ्चालन श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाका सूचना अधिकारी प्रतीक पाण्डेले गरेका थिए ।

पुस्तकका लेखक बज्राचार्यको ४५ औं जन्मदिनको अवसर पारेर पुस्तक विमोचन गरिएको थियो । पुस्तक १ हजारप्रति प्रकाशित भएको छ भने पुस्तक को मूल्य रु. ३ सय राखिएको छ ।