
शुक्रवार , फाल्गुण ७, २०७७
बुटवल, ७ फागुन ।
पत्रकार महिलाका लागि कानुनी सचेतना तालिम बिहीवारदेखि बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजना र सञ्चारिका समूह रुपन्देहीको समन्वयमा भएको तालिमको उद्घाटन गर्दै उपप्रमुख गुमादेवी आचार्यले कानुनको अनविज्ञता क्षम्य नहुने भएकाले सबैलाई सचेत बनाउन आवश्यक रहेको बताइन् । उनले उपमहानगरलाई समृद्ध बनाउन पुर्वाधार निर्माणसंगै भौतिक विकास आवश्यक हुने बताउँदै पत्रकारलाई सचेत बनाउदा समाजमा सही सूचना जाने उल्लेख गरिन । स्थानीय सरकार र नागरिकबिच पुलको काम गर्ने भएकाले पत्रकारहरु धेरै विषयमा जानकार हुनुपर्ने समेत बताइन् ।
सामाजिक महाशाखा प्रमुख तुल्सा अर्यालले कुनैपनी विषय कानुन भन्दा बहिर नहुने भएकाले यो विषयमा सचेतना आवस्यक रहेको बताइन् । दुई दिनसम्म चल्ने तालिममा उच्च सरकारी वकिल कार्यालय बुटवलका सह न्यायाधीवक्ता मोहन सागर बस्याल, कानुन सचिव राजेन्द्र थापा र कानुन मस्यौदा तथा सुझाव कार्यदलका सदस्य खुमकान्त पौडेलले नेपालका ऐन कानुनमा भएका व्यवस्था, स्थानीय सरकारका काम कर्तव्य अधिकार, मुलुकी देवानी संहिता लगायतका विषयमा प्रशिक्षण दिएका थिए । तालिममा जिल्लाभरका ३७ जना पत्रकार महिलाको सहभागिता रहेको सञ्चारिका समुहका अध्यक्ष निरु गौतमले जानकारी दिइन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij