२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अखिल नेपाल पिछडावर्ग महासंघ लुम्बिनीको अध्यक्षमा पशुपति यादव

आइतवार , चैत्र २५, २०८०

भैरहवा, २५ चैत ।
नेकपा (एमाले) निकट अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघ लुम्बिनी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार भैरहवामा भएको अधिवेशनले कपिलवस्तुका पशुपति यादवको अध्यक्षतामा ३१ सदस्यीय प्रदेश कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा जगदीश माली (नवलपरासी), माधुरी अग्रहरी (कपिलवस्तु), सचिवमा दिनेश कुमार यादव गणेश (रुपन्देही), सह–सचिवमा घनश्याम तेली (बर्दिया) र कोषाध्यक्षमा शान्ति लोध (रुपन्देही) रहेका छन् ।

त्यस्तै सदस्यहरुमा चिन्नी सैथवार, सरोज कुर्मी, रामदयाल गुप्ता, सुनिता ठठेर, सुरेन्द्र कुमार लोध, संजय कुमार माली, चिन्ताहरण कोहार, कृष्ण कुमार चाई, दिपेन्द्र चौधरी, कन्हैया जैसवाल, प्रिती अग्रहरी, सकुन्तला चौधरी, रामकिशोर बई, जीवन गुप्ता, निगिर्न यादव, देवी लाल, भानु प्रसाद यादव, आम लाल यादव, जीत बहादुर यादव, वेचन यादव, गोमा गोडिया, बेलाइती बन्जारा, रामकिशोर बरई, तारावती अहिर र रीता चौधरी कुर्मी रहेको अखिल नेपाल पिछडा वर्ग महासंघका केन्द्रीय सचिवालय सदस्य संजय कुमार गुप्ताले बताए । 

अधिवेशनको महासंघका केन्द्रीय अध्यक्ष तेज प्रकाश निसादले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै अध्यक्ष निसादले अधिकार मागेर मात्र नपाइने भएकाले खोसेर लिनुपर्ने बताए । उनले नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडा वर्गका मागहरु सुन्नुभएको बताए । उनले भने, ‘पिछडा वर्गले आफ्नो पहिचान खोजेको छ । हामी आफ्नो अधिकार र सम्पूर्ण क्षेत्रमा समानुपातिक प्रतिनिधित्वका लागि अन्तिम लडाईंमा छौं । ’ राज्यका हरेक निकायमा पिछडा वर्गलाई आरक्षण दिनुपर्ने उनको भनाइ थियो । आफूहरु यही देशको नागरिक भएकाले राज्यले पहिचानको माग गरेको उनले बताए ।

IMG_3551.JPG

त्यस्तै नेकपा (एमाले) पोलिटव्यूरो सदस्य दधिराम न्यौपानेले पिछडा वर्ग संगठित हुनुपर्नेमा जोड दिए । उनले मधेशलाई माथि उठाउनुपर्ने र त्यसका लागि एमालेले अगुवाइ गरेको दावी गरे ।

मधेश प्रदेश सभा सदस्य तथा नेपाल पिछडावर्ग महासंघका केन्द्रीय इञ्चार्ज हरिनारायण महतोले मन्त्रीपरिषद्मा धेरैपटक मधेशीवादी दलका नेताहरु पुगे पनि मधेशको विकासका लागि योजना अघि बढाउन नसकेको बताए । उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकाले नै मधेशको विकासका लागि काम गरेको दावी गरे ।

कार्यक्रममा नेपाल पिछडावर्ग महासंघका केन्द्रीय सचिवालय सदस्य तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्ता, महासंघका केन्द्रीय सदस्य धनेश यादव, एमाले प्रदेश कमिटी सदस्य जगदीश प्रसाद कसौधन, विरेन्द्र यादव, प्रदेश सल्लाहकार धनेश्वरी चौधरी, रुपन्देही जिल्ला उपसचिव चित्र बहादुर कार्की, जिल्ला सदस्य सन्दिप गुप्ता, महासंघका रुपन्देही जिल्ला अध्यक्ष अजय रौनियारलगायतले बोलेका थिए ।