२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

सिर्जना खनालको गजल संग्रह ‘उच्छ्वास’ लोकार्पण

आइतवार , चैत्र २५, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २५ चैत । सिर्जना खनालको गजल संग्रह ‘उच्छ्वास’ लोकार्पण गरिएको छ । शनिबार भैरहवामा एक कार्यक्रमकाबीच विभिन्न साहित्यकारहरुको उपस्थितिमा उक्त कृतिको लोकार्पण गरिएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार तथा भैरहवा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. घनश्याम न्यौपाने ‘परिश्रमी’, समीक्षक रुद्र ज्ञवाली साथै परिवारका सदस्यहरूले संयुक्त रूपमा पुस्तक (गजल संग्रह) को लोकार्पण गरेका थिए ।

    सो अवसरमा बोल्दै डा. न्यौपानेले गजल संग्रहकी सर्जक सिर्जना खनालको साहित्यप्रतिको नियमित साधनाका कारण यो संग्रह प्रकाशन हुन सकेको बताए । खनालको यो तेस्रो कृति हो । यस अघि उनले कविता संग्रह र एक महाकाव्य प्रकाशन गरिसकेकी छन् । उनी यस क्षेत्रकी  महाकाव्य लेख्ने एक मात्र नारी स्रस्टा हुन् । विमोचन कृतिको समीक्षा साहित्यकार रुद्र ज्ञवालीले गरेका थिए । समीक्षक ज्ञवालीले लेखिकाको प्रयासलाई प्रसंशा गर्दै कृतिमा देखिएका कमीकमजोरीलाई औल्याएका थिए ।

    कार्यक्रममा डिल्लीराज भट्टराई, रमेश समर्थन, कमल पोखरेलले शुभकामना व्यक्त गरेका थिए । त्यस्तै स्रस्टाका गजललाई सुरज घिमिरे ‘दिपशिखा’, यज्ञलाल सुवेदीले गायन गरेका थिए । 

    कार्यक्रमको संयोजन लिडरशिप स्किल्स डेभलपमेन्ट ट्रेनिंग नामक संस्थाले गरेको थियो । कृतिकार उक्त संस्थाकी सदस्य पनि हुन् ।  परिवारका सदस्य मंगल खनालको अध्यक्षता,  मिनिता थापाको स्वागत तथा बसन्ता गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
    यी दुवै संयोजन गर्ने संस्था लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङका सदस्यहरू हुन् । सर्जक सिर्जना खनालले सम्पूर्णप्रति आभार व्यक्त गरेकी थिइन् । खनाल विभिन्न साहित्यिक पुरस्कारबाट सम्मानित स्रस्टा हुन् ।