
शुक्रवार , फाल्गुण ७, २०७७
भैरहवा, ७ फागुन ।
भुमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति, रुपन्देहीको कार्यालय उद्घाटन गरिएको छ । कार्यालयको बिहीबार लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै मन्त्री गिरीले भुमि सम्बन्धी समस्या समाधान गर्नुपर्ने बताए । उनले आयोग बनेको सन्दर्भमा अलिकति थाहा भइसकेपछि जग्गा पाउने मनसायका साथ वन अतिक्रमण गर्ने प्रयास देखिएकोले त्यसलाई असफल तुल्याउने बताए । उनले काम गर्ने सन्दर्भमा चांजोपांजो नमिलेको विषयहरु भन्दा अहिले माथि उठेर कानूनलाई परिस्कृत गर्दै समस्या समाधान गर्दै अगाडी बढेको बताए ।
‘यो काम सकेपछि भविष्यमा जग्गाबिहीन मान्छे कोही पनि नहुने अर्थात सार्वजनिक जग्गाहरु वितरण गर्न नपर्ने गरी टुंगोमा पु¥याउनुपर्छ, ’मन्त्री गिरीले भने । विगतमा राजनीतिक अस्थिरता तथा विभिन्न कारणले समस्या समाधान हुन नसकेको उनको भनाइ छ ।
‘जहाँ जमिन व्यक्तिको स्वामीत्वमा हुन्छ, त्यस्तो ठाउँमा जमिनसित जोडिएका नागरिकहरुको ठूलो स्वार्थ हुन्छ, त्यसको विपरीत अलिकति केही गर्न थालियो भने आफ्नो सम्पत्ति तल÷माथि हुने अवस्थामा उनीहरु जे गर्न पनि तयार हुन्छन्, ’उनले भने । मन्त्री गिरीले विगतमा सिंगो राष्ट्र यसलाई व्यवस्थित गर्दै अगाडी बढ्ने र यो समस्या छैन् भन्ने तयारीका साथ अगाडी बढे पनि एउटा निचोड र सफलता प्राप्त गर्न नसकेको बताए ।
भुमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति, रुपन्देहीका अध्यक्ष बल बहादुर आचार्यले नेपाल सरकारले लिएको लक्ष्य पुरा गर्न आयोगको गठन गरिएको बताए । उनले आयोगको अवधि ३ वर्ष तोकिएको र २ वर्ष पुन : थप्न सकिने बताए । उनले आयोगले गर्ने काम मानवीय कार्य समेत भएकोले राजनीति भन्दा माथि उठेर सहयोग गर्नुपर्ने बताए ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले भुमि सम्बन्धी समस्याको समाधान गर्न सुरुवात भएको बताए । उनले स्थानीय तहका जनप्रतिनिधिले पनि आयोगको कार्यहरुमा सहयोग गर्नुपर्ने बताए । उनले जस्तोसुकै जटिल समस्या आए पनि भुमि सम्बन्धी समस्या समाधान गर्नुपर्ने बताए ।
भुमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति, रुपन्देहीका विज्ञ सदस्य कृष्ण बहादुर कुंवरले भुमि व्यक्तिको महत्वपूर्ण सम्पत्तिको रुपमा रहेको बताए । उनले भुमि सम्बन्धी समस्या समाधान गर्ने राज्यको दायित्व रहेको बताए ।
भुमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति, रुपन्देही सदस्य गंगा कार्कीको स्वागत मन्तव्य र जिल्ला समन्वय समिति रुपन्देहीका जिल्ला समन्वय अधिकारी रोमाकान्त पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij