२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

क्षत्री समाज नेपाल सिद्धार्थनगर–७ द्वारा रक्तदान

सोमवार , चैत्र २६, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २६ चैत ।
    क्षत्री समाज नेपाल प्रारम्भिक कमिटी सिद्धार्थनगर वडा नम्बर ७, रुपन्देहीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा शनिबार भएको कार्यक्रममा २७ यूनिट रगत संकलन भएको कार्यक्रम संयोजक मदन खत्रीले जानकारी दिए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि क्षेत्री समाज नेपाल सिद्धार्थनगर अध्यक्ष मिलन बस्नेतले रगतको अभाव हुन नदिन यस्ता कार्यक्रमले सहयोग पुर्याउने बताए । उनले मानिसको जीवनमा एकएक थोपा रगतको निकै महत्व रहेकाले रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिए ।

    प्रारम्भिक कमिटी वडा नम्बर ७ का अध्यक्ष भरत काजी के.सी.को अध्यक्षता,, उपाध्यक्ष धकि सरा कुँवरको स्वागत तथा सचिव नारायण कार्कीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त संचार सेवा इकाई सिद्धार्थनगरका इञ्चार्ज पदम प्रसाद बस्याल, क्षत्री समाजका सल्लाहकार दीपक कुँवरलगायतले भनाइ राखेका थिए ।