२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

निजि क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको हो : मन्त्री भण्डारी

सोमवार , चैत्र २६, २०८०

काठमाडौं, २६ चैत ।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजि क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका छन् ।

नेपाल हर्बस् तथा हर्बल उत्पादक संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले मुलुकको आर्थिक बिकासमा निजि क्षेत्रको भूमिका अपरिहार्य भएकाले निजि क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको भएको बताएका हुन् । उनले एक हप्ताभित्र सदनबाट आवश्यक कानून परिमार्जन गरेर उद्योगमन्त्री र लगानीमैत्री वातावरण सिर्जना गर्ने जिकिर गरे । समायानुकल उद्योग नीति, बाणिज्य नीतिहरुलाई समयमानुकुल अघि बढाउने उनले बताए । मन्त्री भण्डारीले आगामी आर्थिक बर्षको बजेटले उद्योगहरुलाई दिनुपर्ने सहुलियतलाई ध्यान दिइने जिकिर गरे ।

अहिलेको कर प्रणालीमा निजि क्षेत्रको असन्तुष्टिलाई अगामी बजेटले सम्बोधन गर्ने उनले बताए ।