२०८३, आश्विन १३ गते

Sep 29 2026 | २०८३, आश्विन १३ गते

कुनै पनि बिषयमा प्रश्न उठेपछि सत्यतथ्य बाहिर ल्याउने काम सरकारको हाे : सांसद पौडेल

सोमवार , चैत्र २६, २०८०

  • 913
    Shares
  • 913
    Shares
  • काठमाडाैं, २६ चैत । नेपाली कांग्रेसका नेता प्रदीप पौडलले कुनै पनि बिषयमा प्रश्न उठेपछि सत्यतथ्य बाहिर ल्याउने काम सरकारको भएको बताएका छन् ।

    नयाँ बर्षका अवसरमा सोमबार काठमाडौंमा चियापान कार्यक्रमको आयोजना गर्दै नेता पौडेलले सरकारमा बसेर अरुलाई प्रश्न उठाउने काम मात्रै गर्न नहुने भन्दै सुशासनलाई अबलम्वन गर्ने सरकारले कुनै पनि बिषयमा प्रश्न उठेपछि सत्यतथ्य बाहिर ल्याउने काम गर्नुपर्ने बताए ।

    राज्यको संयन्त्र विश्वसनिय नरहेको भन्दै उहाले कांग्रेसले उठाएका बिषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने धारणा राखे ।

    सहकारी प्रकरणमा राजीनामाको बिषय व्यक्तिको नैतिकताको कुरा भएको र अहिलेको अवस्थामा छानविनका लागि संसदीय समिति बनाउनुपर्ने उनले बताए ।

    नेता पौडेलले आफु निर्दोष छ भने संसदीय छानविन समितिबाट डराउनुपर्ने कुनै कारण नरहेको धारणा राखे ।