२०८३, बैशाख ५ गते

Apr 18 2026 | २०८३, बैशाख ५ गते

प्रजातन्त्र दिवसको अवसरमा प्रवचन प्रतियोगिता

शुक्रवार , फाल्गुण ७, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, ७ फागुन । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाद्वारा आयोजित प्रजातन्त्रमा शिक्षकको भूमिका विषयक प्रतियोगितात्मक प्रवचन कार्यक्रम भैरहवा नमूना मा.वि.मा सम्पन्न भएको छ ।

    नगरप्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षता तथा उपप्रमुख उमा काफ्लेको विशेष आतिथ्यमा सम्पन्न प्रतियोगिताको निर्णायकमा प्राध्यापक साहित्यकार बालकृष्ण भट्टराई, प्राज्ञ गजलकार बूँद राना, आख्यानकार विजय सागर तथा कवयित्री कविता देवकोटा रहेका थिए । प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालयका ११ जना शिक्षकहरूले भाग सहभागि भएका थिए ।

    प्रतियोगितामा बहिरा बाल मा.वि.का शिक्षक महेशप्रसाद चापागाईं प्रथम, मूनलाइट आवासीय मा.वि.का शिक्षक मधुसूदन पोखरेल द्वितीय, पक्लिहवा मा.वि.का शिक्षक देवीप्रसाद न्यौपाने तृतीय र भैरहवा नमूना मा.वि.का शिक्षक विनोद काफ्लेले सान्त्वना स्थान प्राप्त गरी नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    नगरशिक्षा प्रमुख चेतनशील लम्सालको स्वागत एवं शिक्षा अधिकृत जाह्नवी पाण्डेयको सञ्चालनमा सम्पन्न कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, चुन्न प्रसाद पाण्डे लगायतले बोलेका थिए ।