images

बिहिवार, बैशाख २० गते २०८१

‘संकटमा रहेका नेपाली मिडियालाई बचाउनुपर्छ’

‘संकटमा रहेका नेपाली मिडियालाई बचाउनुपर्छ’

images
images
images
मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • ‘संकटमा रहेका नेपाली मिडियालाई बचाउनुपर्छ’

    भैरहवा, २७ चैत ।
    रुपन्देहीको भैरहवामा अत्यन्त सम्भावना भए पनि यहाँबाट सञ्चालित सञ्चार माध्यम (मिडिया) संकटमा परेको उल्लेख गर्दै स्थानीय सरकार तथा उद्योगी व्यवसायीहरुले विकास, समृद्धि, सुशासन र आवाजबिहीनहरुको आवाजका लागि मिडियाको दीगोपनामा ध्यान दिनुपर्ने खाँचो औल्याएका छन् ।

    images
    images
    images

    विगत केही वर्षदेखि सुुरु भएको आर्थिक मन्दीको असरले उद्योग व्यवसाय धरासायी बन्दै गएको परिणाम समाजका हरेक क्षेत्रमा देखिएको भन्दै सोमबार आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले त्यसको असर सञ्चार माध्यममा पनि देखिएको बताए ।

    गौतमबुद्ध मिडिया प्रा.लि. तथा गौतमबुद्ध सन्देश दैनिक पत्रिका १० औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित सिद्धार्थनगरको विकासमा गौतमबुद्ध सन्देशको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले सिद्धार्थनगरमा लगातार ९ वर्ष पत्रिकाको प्रकाशन हुनु यस क्षेत्रको लागि गर्वको विषय भन्दै पत्रिकाको उन्नतिको कामना गरे । उनले बिवाम परिस्थितिमा गरीबी भए पनि जिउँदो भएकोमा गर्व गर्नुपर्ने भन्दै जबसम्म जिउँदो भइन्छ, तबसम्म सम्भावना बाँकी रहने भएकाले आशावादी हुन आग्रह गरे ।

    नगरप्रमुख खाँले सिद्धार्थनगरको विकास र समृद्धिका लागि स्थानीय सञ्चार माध्यमको महत्वपूर्ण भूमिका रहने भन्दै संकटमा परेका सञ्चार माध्यमको सहयोगका लागि विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । मिडियाले स्थानीय सरकारलाई सजग बनाएको उनले बताए । उनले लुम्बिनीभित्र रहेका गुम्बा तथा बिहारले पर्यटक राखेर होटल व्यवसायीलाई डुबाउने खेल भइरहेकोमा चिन्ता व्यक्त गर्दै पर्यटक राख्ने काम होटल व्यवसायी भएको बताए। देशमा आर्थिक संकट बढेको र बैंकबाट व्यवसायी पीडित बनेको उनले बताए ।

    गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिमबहादुर खत्रीले पत्रिकाको बाँच्ने आधार विज्ञापन भएको उल्लेख गर्दै स्थानीय विज्ञापनमा स्थानीय सञ्चार माध्यमको अधिकार स्थापित नभएसम्म समस्या समाधान नहुने बताए । उनले उत्साहका साथ सञ्चार माध्यममा गरिएको लगानीको प्रतिफल समाजले पाइरहेको उल्लेख गर्दै पत्रिकालाई टिकाइराख्न समस्या उत्पन्न भएकाले यसलाई प्रवद्र्धन गर्ने दायित्व समाजकै भएको उल्लेख गरे । अध्यक्ष खत्रीले अहिलेसम्म दुःख सुख पत्रिका टिकाइरहेको भए पनि आगामी दिनमा कसरी निरन्तरता दिने भनेर चिन्ता थपिएको गुनासो गरे ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले भैरहवाको विकास निर्माणमा गौतमबुद्ध सन्देश दैनिकको महत्वपूर्ण भूमिका रहेकाले यसको निरन्तरता आवश्यक भएको बताए । उनले शिक्षा, स्वास्थ्यको नाममा रकम बाहिर गएको उल्लेख गर्दै त्यसलाई रोक्न गरे नगरको समृद्धि हुने दावी गरे । अध्यक्ष ज्ञवालीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन हुन नसक्दा यहाँका धेरै व्यवसायी धरासायी बनिरहेको बताए ।
    सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले देश कहाँ गइरहेको छ, सरकार कहाँ छ प्रश्न गर्दै व्यवसायीको समस्यामा सरकार मुकदर्शक बनेको बताए । अध्यक्ष श्रेष्ठले नेताहरु नीतिगत भ्रष्टाचारमा लिप्त हुँदा त्यसको सास्ती आम जनताले व्यहोर्नु परेको दावी गरे । ७ प्रतिशत ब्याजको कर्जा १६ प्रतिशत पुग्दा अधिकांश व्यवसायी विस्थापित बनिरहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले मिडियाले मात्र सरकारको खबरदारी गर्ने र देश बचाउने भएकाले टिकाइराख्न आवश्यक भएको औल्याए ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भैरहवामा पर्यटक आएर के हेर्ने ? कसरी उनीहरुलाई भुलाउने ? के छ पर्यटकलाई देखाउने ? प्रश्न गर्दै पर्यटकीय गन्तव्य अहिलेको आवश्यकता भएको औल्याए । उनले सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन पहल नगरेसम्म यहाँको समृद्धि हुन नसक्ने भन्दै स्थानीय कला, संस्कृति बचाउन स्थानीय सरकारले पहल गर्नुपर्नेमा जोड दिए । सरकार, निजी क्षेत्र र सञ्चार माध्यमको एकतामा मात्र भैरहवाको विकास हुने श्रेष्ठले औल्याए ।

    कार्यक्रममा चेम्बर अफ कमर्श रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का उपाध्यक्ष राममिलन यादव, सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई, वरिष्ठ साहित्यकारहरु बिजय सागर, रुद्र ज्ञवाली, सृजना खनाल, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङ्ग, लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द प्रसाद ज्ञवाली, लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष नरेश केसी, खवरपात्रो डट कमका प्रधानसम्पादक दीपक घिमिरे, गौतमबुद्ध मिडिया प्रा.लि.का सञ्चालकद्वय नारायण प्रसाद भण्डारी, सुरेन्द्र बस्याललगायतले भनाइ राखेका थिए । गौतमबुद्ध सन्देश दैनिकका सम्पादक कुलमणि ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_4232.JPG

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij