images

बिहिवार, बैशाख २० गते २०८१

भारतका सुधिर सिन्हाले जिते अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

भारतका सुधिर सिन्हाले जिते अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

images
images
images
मंगलवार, चैत्र २७ २०८०
मंगलवार, चैत्र २७ २०८०
  • भारतका सुधिर सिन्हाले जिते अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

    बुटवल, २७ चैत ।
    अंग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्ने कर्णेल उजिर सिंह थापाको स्मृतिमा पाँचदिने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । बुटवल उपमहानगरपालिका–१३ स्थित बेलबासमा सम्पन्न क्लासिकल चेस खेलमा ८ अंक जोड्दै भारतीय १९६८ रेटेड खेलाडी सुधिर कुमार सिन्हा प्रथम भएका छन् । 

    images
    images
    images

    सिन्हाले पुरा खेल अपराजित रहँदै आकर्षक ट्रफीसहित नगद रु. २ लाख १ हजार प्राप्त गरेका छन् । योसँगै सो प्रतियोगिताको अन्तिम समयसम्म पहिलो स्थान ओगटिरहेका रुपेश जैसवाल दोस्रो स्थानमा चित्त बुझाएका छन् । रुपेशले ८ अंकमै रहेर पनि अपराजित रहँदै नगद पुरस्कार रु.१ लाख १० हजार प्राप्त गरेका छन् । 

    प्रतियोगिताका संयोजक माधव प्रसाद प्रधानका अनुसार डाइरेक्ट इन्काउण्टर, प्रोग्रेसिभका आधारमा खेलाइएको प्रतिष्पर्धामा रुपेशले आफ्नै नेपाली खेलाडीहरुको नतिजाबाट प्रभावित हुनुपरेको छ । सुधिरसँग दोस्रो बोर्डमा खेलिरहेका कृष्ण थापाले बराबरी खेले मात्र पनि रुपेशले उपाधि जित्ने पक्कापक्की थियो । उक्त खेलमा कृष्ण थापाले कालो गोटीबाट सिसिलियन डिफेन्स क्लोज भारियसनवाट सुधिरलाई जवाफ दिएका थिए । 

    दशौं चालमा अनुभवी कृष्णको पाउन आइसोलेट हुन पुगे । २९ औं चालमा दुई पाउन डाउन भए पनि एण्टी बिसपका कारण खेल अनिवार्य बराबरमा देखिन्थ्यो । तर ३३ औं चालमा आएर कृष्णले जानी अञ्जानी आर सि सेभेन चाल्न पुगे । जसको तुरुन्त फाइदा लिदै सुधिरले बिसप डि फाइभ चाल्दै रुक एक्सचेञ्ज लिन सफल भए र कृष्णले पराजित आत्मसाथ गरे । 

    उता तेस्रो बोर्ड सजिन महर्जन र सुरज महर्जनबीच घमासान चलिरहेको थियो । सजिनले जिते रुपेशको पहलो हुने आश थियो । सेतो गोटीबाट इफो डि सिक्स, डिफो नाइट एफ सिक्स, नाइट सि सिक्स सिसिक्स खेल प्रारम्भ भएको थियो । सजिनले २१ औं चालमा प्रोटेक्सनमा रहेको इफो पाउन इफाइभमा सित्तै बलिदान दिए र बराबरी नै देखिने खेलको २३ औं चालमा परित्याग गरे । उनी आफू जिते तेस्रो हुने थियो । तर, भाग्यमानी सुरज महर्जन एकल ७.५ अंक जोडेर तेश्रो स्थानमा उभिदै नगद रु. ६० हजार हात पार्न सफल बने । 

    प्रतियोगितामा नेपालका तिर्थ वि.क.ले चौथो स्थान हासिल गरी रु. ४० हजार र भारतका रिशव निशादले पाँचौ स्थान रु. ३० हजार पुरस्कार जितेका छन् । छैठौंदेखि दशौं स्थानसम्मका राघव श्रीवास्तव, कृष्ण थापा, सजिन महर्जन, प्रखर त्रिपाठी र विपुल शुभमषी प्रत्येकले २०÷२० हजार प्राप्त गरेका छन् । 

    त्यसै गरी एघारौंदेखि पन्ध्रौंसम्मका वृष्टि मुखर्जी, मिथिलेष श्रीवास्तव, आशिष फूँयाल, विनायक र पुरुषोत्तम चौलागाईं प्रत्येकले १५÷१५ हजार नगद प्राप्त गरेका छन् । एवं सोह्रदेखि बिसौ स्थानमा एम.डि.जमाल उद्दिन, आशुतोष, दिलिप त्रिपाठी, रोशन कुमार र संजय काफ्ले प्रत्येकले १३÷१३  हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन् । 

    मंगलबार भएको पुरस्कार वितरण एवं समापन समारोहका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ७१ जना खेलाडीहरुलाई जम्मा १० लाख १ हजार नगद पुरस्कारबाट सम्मान गरेका छन् । नगरप्रमुख पाण्डेयले कर्णेल उजिर सिंहको नाममा हरेक वर्ष प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । कार्यक्रम संयोजक माधव प्रसाद प्रधानले अन्तर्राष्ट्रिय आर्विटर सहित सिनियर राष्ट्रिय आर्विटरहरुलाई सम्मान गरेका थिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij