२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

एसियन फर्मास्युटिकल्समा निःशुल्क आँखा शिविर

मंगलवार , चैत्र २७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • भैरहवा, २७ चैत । 
    एसियन फर्मास्युटिकल्स प्रा.लि. ओमसतिया गाउँपालिका–१, रुपन्देहीको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पतालको प्राविधिक सहयोगमा मंगलबार शिविर भएको हो ।

    एसियन फर्मास्युटिकल्स प्रा.लि. को वार्षिक आँखा जाँच कार्यक्रमअन्तर्गत भएको शिविरमा ३५० जना कर्मचारीको निःशुल्क आँखा परीक्षण गरी औषधी तथा चश्मा वितरण गरिएको श्री रण अम्बिका शाह आँखा अस्पतालका बाह्य कार्यक्रम निर्देशक संजीव अधिकारीले बताए ।

    Eye checkup.jpeg

    WhatsApp Image 2024-04-09 at 4.20.10 PM (1).jpeg