images

आइतवार, बैशाख २३ गते २०८१

भैरहवा : उत्कृष्ट क्रिकेटर उत्पादन गर्ने उर्भर भुमी 

भैरहवा : उत्कृष्ट क्रिकेटर उत्पादन गर्ने उर्भर भुमी 

images
images
images
शुक्रवार, फाल्गुण ७ २०७७
शुक्रवार, फाल्गुण ७ २०७७
  • भैरहवा : उत्कृष्ट क्रिकेटर उत्पादन गर्ने उर्भर भुमी 

    भैरहवा।

    images
    images
    images

    भैरहवा, धेरै कुराले परिचीत छ। अन्तराष्ट्रिय बिमानस्थल, अन्तराष्ट्रिय सिमा नाका, भन्सार नाका, लुम्बिनीको मुख्य प्रवेशद्वार लगाएत यस्तै यस्तै धेरै कुराले परिचीत छ भैरहवा। यतिमा मात्रै सिमित छैन भैरहवा। 

    भैरहवा क्रिकेटको उर्भर भुमीको रुपमा पनि परिचत छ। ३० को दशकदेखि भैरहवामा क्रिकेट खेलको सुरुवात भएको थियो। ३० को दशकदेखि अहिलेसम्म आईपुग्दा सयौं जना क्रिकेट खेलाडि उत्पादन भएका छन्।

    यहाँबाट उत्पादन भएका थुप्रै खेलाडिहरुले अन्तराष्ट्रिय स्तरमा भएका क्रिकेट प्रतियोगितामा समेत भाग लिएका छन्। रुपन्देही जिल्लाबाट हालसम्म ९५ जना खेलाडिले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले जानकारी दिए। यहाँका कतिपय खेलाडिले त राष्ट्रिय तथा अन्तराष्ट्रिय कर्तिमान समेत कायम गरेका छन्। 

    नेपालमा क्रिकेट प्रतियोगिता हुने शहरहरु काठमाण्डौ, भैरहवा, मोरङ, सुदुरपश्चिम, बिराटनगर, जनकपुर, बाँके, कलैया लगाएतका शहरमध्ये भैरहवा क्रिकेटमा पनि अग्रस्थानमा रहेको छ। 

    चर्चित खेलाडिमा अगाडि  
    रुपन्देहीको भैरहवाबाट शुरु शुरुमा क्रिकेट खेल सिकेका खेलाडिहरु अहिले पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलिरहेका छन्। क्रिकेट खेलाडिहरु राजु खड्का, शक्ति गौचन, बसन्त रेग्मी, शुशान्त भारी, कुशल मल्ल चर्चित खेलाडिको रुपमा परिचीत छन्। त्यसैगरी क्रिकेट खेलेको सुरुवाती चरणमा खेलेका खेलाडिहरु बसन्त शाहि, संजय गुरुङ, जगत टमाटा लगाएतका खेलाडीलाई पनि रुपन्देहीले नै जन्माएको हो। जगत टमाटा नेपालका उत्कृष्ट प्रशिक्षकको रुपमा समेत काम गरिसकेका छन्। 

    अन्तराष्ट्रिय किर्तिमानः रुपन्देहीका क्रिकेट खेलाडि कुशल मल्लले क्रिकेट खेलमा अन्तराष्ट्रिय किर्तिमान कायम गरेका छन्। सबैभन्दा कम उमेरमा अर्ध सतक हान्ने खेलाडिको रुपमा उनले अन्तिराष्ट्रिय किर्तीमान राखेका हुन्। उनले १५ बर्षको उमेरमा अर्ध सतक हानेको क्रिकेट संघका अध्यक्ष मल्लले जानकारी दिए। 

    IMG-20210209-WA0017.jpgपुर्वाधारमा पनि अगाडि 
    भैरहवा क्रिकेट खेलका लागि आबश्यक पुर्वाधारमा पनि अग्र भागमा रहेको छ। काठमाण्डौ पछि सबैभन्दा बढी पुर्वाधार निर्माणमा अग्र भागमा रहेको छ। भैरहवा स्थित सिद्धार्थ रंगशाला अन्तराष्ट्रिय क्रिकेट मैदानको रुपमा बिकास भईरहेको छ। निर्माणाधिन रंगशालामा प्याराफिट, चेन्जीङ रुम, गार्ड रुम, स्टोर रुम, ५ वटा पिच सहितको रंगशाला रहेको छ। जुन रंगशालामा स्थानिय देखि राष्ट्रिय स्तरका प्रतियोगिताहरु हुने गरेका छन्। क्रिकेट मैदान निर्माणमा क्रममा हाल सम्म साढे ८ करोड रुपैया खर्च भईसकेको छ। 

    अन्तराष्ट्रिय टिमको तयारीमा भैरहवाका खेलाडि 
    रुपन्देहीमा हुने बिभिन्न क्रिकेट प्रतियोगतामा भाग लिएका रुपन्देहीका क्रिकेट खेलाडीहरु मध्ये आधा दर्जन बढी खेलाडि अहिले पनि ओमानमा हुने प्रतियोगिताका लागि नेपाली टोलीबाट खेल्दै छन्। भैरहवाका साहव आलम, कुशल भुर्तेल, कुशल मल्ल, शुशान भारी, कृष्ण कार्की, सौरभ खनाल, सागर ढकाल लगाएतका खेलाडिहरु नेपालको राष्ट्रिय टिमको तर्फबाट तयारीमा जुटेका छन्। उनीहरु अहिले काठमाण्डौमा बन्द प्रशिक्षणमा रहेका छन्। 

    नेपालमै लामो प्रतियोगिता 
    रुपन्देही क्रिकेट संघको आयोजनामा २०७४ साल देखि नेपालमै लामो क्रिकेट प्रतियोगिता पनि रुपन्देहीको भैरहवामै हुने गरेको छ। २०५३ सालमा प्रेमकुमार सञ्चुरीको नेतृत्वमा स्थापना भएको रुपन्देही क्रिकेट संघले स्थापनाको अर्को बर्ष देखि नै रुपन्देही क्रिकेट सुपर लिगको आयोजना गरी सञ्चालन गर्दै आएको छ। शुरुमा ३५ ओभरको एक दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको रुपन्देही क्रिकेट संघले २०७४ साल देखि ५० ओभरको प्रतियोगिता गराउदै आएको छ। ५० ओभरको एक दिवसिय प्रतियोगिता हुने यो नेपालमै पहिलो हो।

    नेपाल क्रिकेट संघ निलम्बनमा परेका बेला पनि यो प्रतियोगिता बिना अबरोध निरन्तर चल्दै आएको थियो। २८ दिन सम्म चल्ने लामो प्रतियोगिता नेपालमै पहिलो भएको आयोजकको दावी छ। विगत ६ वर्षदेखि नेपालमै डिभिजन शैलीमा हुने यो पहिलो प्रतियोगिता हो। रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी छन्। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij