२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

ईदको अवसरमा बिहीबार सार्वजनिक बिदा

बुधवार , चैत्र २८, २०८०

भैरहवा, २८ चैत ।
ईस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल–फित्र (ईद) को अवसरमा चैत २९ गते बिहीबार (भोलि) सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले बुधबार सूचना जारी गरी बिहीबार बिदा रहने जानकारी गराएका छन् ।

‘२०७९ चैत २ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा बिहीबार बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, ’सूचनामा उल्लेख छ ।

435773518_832162632263546_1877356882393038947_n.jpg