images

बिहिवार, बैशाख २० गते २०८१

रूपन्देही सुपर लिग : नेपथ्य तिलोत्तमालाई सफलता

रूपन्देही सुपर लिग : नेपथ्य तिलोत्तमालाई सफलता

images
images
images
बुधवार, चैत्र २८ २०८०
बुधवार, चैत्र २८ २०८०
  • रूपन्देही सुपर लिग : नेपथ्य तिलोत्तमालाई सफलता

     

    images
    images
    images

    भैरहवा, २८ चैत ।
    ड्रिम युनिक रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबले दोस्रो जीत दर्ज गरेको छ । डिभिजन ‘ए’ अन्तर्गत बुधबारको खेलमा नेपथ्य तिलोत्तमाले देवदह क्रिकेट क्लबमाथि ५६ रनको जीत निकालेको हो ।  

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपथ्य तिलोत्तमाले निर्धारित ५० ओभरको खेलमा ४६ ओभर ४ बलमा अलआउट हुँदै २ सय १२ रनको योगफल बनायो । उसका लागि मनिष थापाले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, कृष्ण भुसालले ३२, अमन बोहराले ३०, कृष्ण कार्कीले २४ र स्वस्तिक पराजुलीले १५ रनको योगदान दिए । बलिङमा देवदहका समिर विष्ट र विशाल ज्ञवालीले २–२ तथा शिव ज्ञवाली, शिवकुमार गुप्ता, सुरज खड्का र कृतिमान ढकालले समान १–१ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको देवदह ३६ ओभरमा १ सय ५६ रन जोड्दा अलआउट हुँदै पराजित भयो । उसका लागि विक्की कार्कीले ४४, सुमन पाण्डेले २४, कृष्ण पासीले २०, समीर विष्टले १३, विशाल ज्ञवाली र सुरज खड्काले ११–११ रन बनाए पनि टीमलाई जित दिलाउन सकेनन् । बलिङमा नेपथ्य तिलोत्तमाका आशुतोष पाण्डेले ४, कृष्ण भुसालले ३ र लक्ष्मण कुमालले २ विकेट हात पार्न सफल भए । खेलमा नेपथ्य तिलोत्तमाका कृष्ण भुसाल प्लेयर अफ द म्याच घोषित भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij