२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

रुपन्देहीमा विभिन्न मुद्दाका तीन फरार प्रतिवादी पक्राउ

बुधवार , चैत्र २८, २०८०

भैरहवा, २८ चैत ।
प्रहरीले रुपन्देहीमा विभिन्न मुद्दाका तीनजना फरार प्रतिवादी पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कैद तथा जरिवाना तोकिएर हालसम्म फरार भएका प्रतिवादी (कसुरदार) लाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवल र प्रहरी बिट बसपार्क रुपन्देहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानका लागि पेश गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

को को पक्राउ परे ?

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालका अनुसार मिति २०६७ पुस २८ गतेको फैसलाले लागूऔषध मुद्दामा १ महिना १५ दिन कैद र रु. २ हजार जरिवाना भएका सिद्धार्थनगर नगरपालिका–११ बहादुर शाही पक्राउ परेका छन् ।

त्यस्तै २०६९ कार्तिक १७ को फैसलाले जुवा तास मुद्दामा रु. २ सय जरिवाना फैसला भएका बुटवल उपमहानगरपालिका–७ का पवन कुँवर र २०६६ असार १५ को फैसलाले जालसाजी मुद्दामा रु. १ सय जरिवाना फैसला भएका सिद्धार्थनगर–१ बस्ने हिमा थापालाई पक्राउ गरिएको डीएसपी खनालले जानकारी दिइन् ।