२०८३, बैशाख १२ गते

Apr 25 2026 | २०८३, बैशाख १२ गते

चाडपर्वले आपसी मेलमिलाप र सदभाव बढाउनमा सहयोग गरेको छ : एमाले रुपन्देही

बिहिवार , चैत्र २९, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • बुटवल, २९ चैत ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल फित्र (ईद) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेको छ ।

    एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बिहीबार शुभकामना सन्देश जारी गर्दै २०६२/०६३ सालको जनआन्दोलनपछि सबै धर्म र सम्प्रदायका पर्वहरु नेपाली समाजका साझा पर्वको रुपमा विकसित हुँदै गएको र जसले आपसी मेलमिलाप र सदभाव बढाउनमा सहयोग पुगेको बताएका छन् ।

    Tejendra kc.jpg
    एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसी

    नेपाल भौगोलिक तथा साँस्कृतिक विविधताले भरिएको देश भएको उल्लेख गर्दै शुभकामना सन्देशमा विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाडपर्व वा संस्कारको अस्तित्व, मान्यता एवं सम्मानको अवस्था नै साँस्कृतिक विविधता रहेको उल्लेख छ । 

    समाजमा विकसित भएका सामाजिक मूल्य मान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको उल्लेख गर्दै सन्देशमा इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरिएको छ ।