२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

मनाइँदै इद (फोटोफिचर)

बिहिवार , चैत्र २९, २०८०

भैरहवा, २९ चैत । इस्लाम धर्मावलम्बीहरूले इद–उल–फित्र (इद) बिहीबार हर्षाेल्लासका साथ मनाइरहेका छन् । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा) पछि इदगाह तथा मस्जिदहरुमा बिहीबार बिहान इदको सामूहिक नमाज पढिएको हो ।

Eid 7.jpg

ईदको अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ पिपरहियास्थित ईदगाहमा आज बिहान प्रार्थना गर्ने र एक–अर्कासँग शुभकामना आदानप्रदान गर्नेहरुको घुइँचो लागेको थियो । इस्लाम धर्मावलम्बीहरुले एकअर्कालाई अंगालो हालेर ईद मुबारक भन्दै शुभकामना साटासाट गरेका छन् ।

Eid 15.jpg
Eid 12.jpg
Eid 11.jpg
Eid 3.jpg

ईदको अवसरमा सरकारले बिहीबार सार्वजनिक बिदा पनि दिएको छ ।

Eid 5.jpg
Eid 6.jpg
Eid 10.jpg
Eid 14.jpg
Eid 13.jpg
Eid 8.jpg