२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल

शुक्रवार , चैत्र ३०, २०८०

काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल भएको छ । 

सिंहदरबारमा भएको भेटका क्रममा संसदको गत्यारोध, प्रदेशको सत्ता समिकरण लगाएतका बिषयका छलफल भएको बताइएको छ । छलफलपछि एमाले अध्यक्ष ओलीले कांग्रेसले लगातार संसद अवरुद्ध गरेकाले अधिवेशनको अन्त्य हुन लागेको बताए । उनले अधिवेशन अन्त्य हुने र अर्को नयाँ अधिवेशन हुने नियमित प्रक्रिया भएको जिकिर गरे ।

त्यस्तै छलफलका क्रममा बैंशाख १५ गते हुने उपनिर्वाचनका बारेमा पनि छलफल भएको बताइएको छ ।