२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

शुक्रवार , चैत्र ३०, २०८०

भैरहवा, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् ।

शुक्रबार लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री महराले प्रस्तुत गरेकाे विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो भने बिपक्षमा २८ मत परेको थियो ।

मुख्यमन्त्री महरालाई एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र सांसद खड्क बस्नेतले विश्वासको मत दिएका थिए ।

मुख्यमन्त्री महरालाई परेको ४८ मत कुल प्रदेशसभा सदस्यको बहुमत भएकाले विश्वासको मत स्वीकृत भएको लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले घोषणा गरे ।
मुख्यमन्त्री महराको बिपक्षमा कांग्रेस र जनमोर्चाले मत दिएका थिए । उहाँ चैत २३ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।