images

शुक्रवार, बैशाख २१ गते २०८१

रूपन्देही सुपर लिग : लुम्बिनी खुकुरीको लगातार तेस्रो जीत

रूपन्देही सुपर लिग : लुम्बिनी खुकुरीको लगातार तेस्रो जीत

images
images
images
शुक्रवार, चैत्र ३० २०८०
शुक्रवार, चैत्र ३० २०८०
  • रूपन्देही सुपर लिग : लुम्बिनी खुकुरीको लगातार तेस्रो जीत

    भैरहवा, ३० चैत ।
    लुम्बिनी खुकुरी क्लबले भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत निकाल्न सफल भएको छ । खुकुरीले शुक्रबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई ५ रनले पराजित गर्दै लगातार तेस्रो जीत हात पारेको हो ।

    images
    images
    images

    सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी खुकुरीले निर्धारित ५० ओभरको खेलमा २६ ओभर ३ बलमा अलआउट हुँदै जम्मा १ सय १३ रन मात्रै बनायो । उसका लागि दुर्गेश गुप्ताले २९, शंकर रानाले २०, धनबहादुर शाहीले १७, प्रज्वल थापाले १५ र शेजाद आलमले १४ रन बनाए । बलिङमा नेपथ्य तिलोत्तमाका लक्ष्मण कुमाल र कृष्ण भुसालले ३–३ तथा कृष्ण कार्की, आशुतोष पाण्डे र श्याम ढकालले समान १–१ विकेट लिए ।

    १ सय १४ रनको सामान्य लक्ष्य पछ्याएको नेपथ्य तिलोत्तमा ४४ ओभर ४ बलमा १ सय ८ रनमै अलआउट भयो र हार ब्यहोर्यो । उसका लागि कृष्ण कार्कीले अविजित ३८ रन बनाए पनि टीमलाई जित दिलाउन सकेनन् । यस्तै, स्वस्तिक पराजुली र अमन बोहराले १६–१६ तथा मनिष थापाले १४ रन बनाए । बलिङमा लुम्बिनी खुकुरीका दुर्गेश गुप्ता र अजयकुमार चौहानले ३–३, शाहब आलमले २ तथा सन्तोष यादव र शंकर रानाले समान १–१ विकेट हात पारे । खेलमा लुम्बिनी खुकुरीका दुर्गेश गुप्ता प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij