२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जेसीआई सिद्धार्थ लेडीद्वारा भित्तेपात्रो विमोचन

शुक्रवार , चैत्र ३०, २०८०

भैरहवा, ३० चैत ।

जेसीआई सिद्धार्थ लेडी, नेपालले प्रकाशन गरेको नयाँ वर्ष २०८१ को भित्तेपात्रो (क्यालेण्डर) को विमोचन गरिएको छ । 
क्यालेण्डरको एक कार्यक्रमका वीच वैज्ञानिक डा. महाविर पुन, जेसीआई सिद्धार्थ नेपालका अध्यक्ष दीपक काफ्ले र जेसीआई सिद्धार्थ लेडीकी अध्यक्ष संगिता आचार्यले संयुक्त रुपमा विमोचन गरेका हुन् । 

विमोचन कार्यक्रममा बोल्दै पुनले जेसीजले सामाजिक र मानवीय उत्तरदाहित्व अन्तरगत थुपै्र काम गरेको उल्लेख गरे । जेसीजले व्यक्तित्व र नेतृतव विकास सँगसँगै समाज रुपान्तरणका लागि उल्लेखनीय काम गरेको उनले बताए । सो अवसरमा वैज्ञानिक पुनले आफुले सुरु गरेको अभियानलाई सफल र सार्थक तुल्याउनका लागि जेसीजले सहयोग गरेकोमा आभार प्रकट गरे ।