images

मंगलवार, बैशाख १८ गते २०८१

रूपन्देही सुपर लिग : न्यू होराइजन विजयी

रूपन्देही सुपर लिग : न्यू होराइजन विजयी

images
images
images
शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • रूपन्देही सुपर लिग : न्यू होराइजन विजयी

    भैरहवा, १ वैशाख ।
    अमर मिश्राको उत्कृष्ट बलिङ र ब्याटिङको मद्दतमा न्यू होराइजन क्रिकेट क्लबले देवदह क्रिकेट क्लबलाई पराजित गर्दै ड्रिम युनिक रुपन्देही सुपर लिग एकदिवसीय क्रिकेट प्रतियोगितामा जीत निकाल्न सफल भएको छ । शनिबार भएको डिभिजन ‘ए’ अन्तर्गतको खेलमा न्यू होराइजनले देवदहमाथि ६ विकेटको सहज जी हात पारेको हो ।

    images

    जीतका लागि पाएको ८७ रनको झिनो लक्ष्य न्यू होराइजनले १५ ओभर २ बलमा ४ विकेटको नोक्सानीमा पूरा गर्दै सहज जीत निकाल्यो । उसको जीतमा प्रकाश गिरी र अमर मिश्राले अविजित ३० र २८ रनको योगदान दिँदा महेश भरले १० रन बनाए ।  बलिङमा देवदहका सुरज खड्काले २ तथा शिवकुमार गुप्ता र कीर्तिमान ढकालले समान १–१ विकेट लिए ।

    यसअघि सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा टस जितेर ब्याटिङ गरेको देवदहले निर्धारित ५० ओभरको खेलमा २६ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ८६ रन बनाएका थियो । उसलाई सस्तैमा रोक्न न्यू होराइजनका अमर मिश्राले ७ ओभर बलिङ गर्दै ३ मेर्डन राखेर १६ रन खर्चंदै ५ विकेट लिए । यस्तै, सुमित पराजुलीले ३ तथा निर्मल गुरुङले १ विकेट हात पारे । देवदहका समीर विष्टले २७, कीर्तिमान ढकालले १६ र सुमन पाण्डेले ११ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टीम झिनो स्कोरमै रोकिँदै पराजित हुन पुग्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेको न्यु होराइजनका अमर मिश्रा प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ पाए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij