images

मंगलवार, बैशाख १८ गते २०८१

नेपाल बुद्धिचाल महासंघको नवौं अधिवेशनबाट अध्यक्षमा हिराकाजी महर्जन

नेपाल बुद्धिचाल महासंघको नवौं अधिवेशनबाट अध्यक्षमा हिराकाजी महर्जन

images
images
images
आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • नेपाल बुद्धिचाल महासंघको नवौं अधिवेशनबाट अध्यक्षमा हिराकाजी महर्जन

    बुटवल, २ वैशाख । 
    नेपाल बुद्धिचाल महासंघको नवौं अधिवेशनबाट अध्यक्षमा ललितपुरका हिराकाजी महर्जन निर्वाचित भएका छन् । महर्जनले प्रतिद्वन्द्वी प्रविण भँडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित  भएका हुन् । महर्जनले ४९ मत प्राप्त गरेका छन भने भँडेलले ३१ मत मात्र प्राप्त गरेका थिए । 

    images

    कुल १ सय १८ मतदाता संख्या रहेको बुद्धिचाल महासंघको निर्वाचनमा ८४ मत खसेको थियो । बुद्धिचाल महासंघको वरिष्ठ उपाध्यक्षमा ईलामका दिपेन राई निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षमा बुटवलका माधव प्रसाद प्रधान निर्वाचित भएका छन् । प्रधानले ४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्दी बाराका राजाबाबु रौनियारले ३६ मत प्राप्त गरेका छन् । यसैगरि महासचिवमा काठमाडौंका धरमबहादुर लामा निर्विरोध निर्वाचित भइ दोहोरिएका छन् । 

    बुद्धिचाल महासंघको निर्वाचनमा ७ प्रदेशका ३५ जना, ५५ जिल्लाका ५५ जना, कार्यसमितिका २१, टेक्निकल २, राष्ट्रिय च्याम्पियन २ र राष्ट्रिय खेलकुद परिषद्बाट मनोनित २ गरी १ सय १८ जनाको प्रतिनिधित्व रहने साधारणसभामा जम्मा ८४ जना प्रतिनिधिको उपस्थिति रहेको थियो । 
    महासंघको नवौं अधिवेशन तथा विशेष साधारणसभा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न भएको हो । नेपाल बुद्धिचाल महासंघका उपाध्यक्ष धन बहादुर बोगटीको सभापतित्वमा सुरु भएको साधारणसभाको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ्गले उद्घाटन गरेका थिए ।

    महासंघको साधारणसभाको बन्द सत्रमा महासचिव धरम बहादुर लामाले वार्षिक प्रतिवेदन पेश गरेका थिए । उनले विधानमा उल्लेख हुन अत्यावश्यक बुदाँहरुलाई थप गरेर संशोधन प्रस्ताव पेश गरेका थिए । त्यस्तै कोषाध्यक्ष तारा बहादुर रानाभाटले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा उठेका विभिन्न सुझावहरुलाई संकलन गरेर प्रस्तावहरु सर्वसम्मत पारित गरिएको छ । 

    निर्वाचनमा नेपाल खेलकुद महासंघ, नेपाल खेलकुद महासंघ समाजवादी र अखिल नेपाल खेलकुद महासंघको तर्फबाट अध्यक्ष पदमा हेराकाजी महर्जन, वरिष्ठ उपाध्यक्षमा दिपेन राई र उपाध्यक्षका लागि राजाबाबु रौनियारले उम्मेदवारी दर्ता गराएका थिए । नेपाल लोकतान्त्रिक खेलकुद संघको तर्फबाट अध्यक्ष पदमा प्रविण भँडेल र उपाध्यक्ष पदमा माधव प्रसाद प्रधानले उम्मेदवारी दिएका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij