images

मंगलवार, बैशाख १८ गते २०८१

रूपन्देही सुपर लिग : लुम्बिनी खुकुरी फाइनलमा

रूपन्देही सुपर लिग : लुम्बिनी खुकुरी फाइनलमा

images
images
images
आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • रूपन्देही सुपर लिग : लुम्बिनी खुकुरी फाइनलमा


    भैरहवा, २ वैशाख ।
    शाहब आलमको उत्कृष्ट बलिङमा लुम्बिनी खुकुरी क्लब भैरहवामा जारी ड्रिम युनिक रुपन्देही सुपरलिग एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको डिभिजन ‘ए’ को खेलमा मेलवर्न क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी खुकुरी फाइनल पुगेको हो । अब उसले उपाधिका लागि आइतबार तिरुपति क्रिकेट क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

    images

    सिद्धार्थ क्रिकेट रंगशाला भैरहवामा जीतका लागि पाएको ८३ रनको लक्ष्य लुम्बिनी खुकुरीले १५ ओभर २ बलमा ६ विकेट गुमाउँदै ८५ रन बनाई पूरा गर्यो । उसको जीतमा शाहब आलमले ४४ र शेजाद आलमले १० रनको योगदान दिए । बलिङमा मेलवर्नका रमेश कुर्मीले ३, कृष्ण पराजुलीले २ र रोशनलाल गुप्ताले १ विकेट लिए ।

    यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मेलवर्न निर्धारित ५० ओभरको खेलमा २८ ओभर १ बलमा जम्मा ८२ रन जोड्दा अलआउट भएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा लुम्बिनी खुकुरीका शाहब आलमले ६ ओभरमा १ मेर्डन राख्दै ११ रन खर्चेर महत्वपूर्ण ५ विकेट हात पारे । यस्तै, अजय कुमार चौहानले ३ तथा धन बहादुर शाही र सन्तोष यादवले समान १–१ विकेट लिए ।

    मेलवर्नका रोशनलाल गुप्ताले २६, समीर अलीले १२, रोशन थामीले ११ र आदित्य यादवले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टीम पराजित भयो । खेलमा लुम्बिनी खुकुरीका शाहब आलम प्लेयर अफ द म्याच भइ १ हजार २ सय रुपैयाँ पाए ।

    रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रा.लि., बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टीमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । प्रतियोगिता आगामी वैशाख ५ गतेसम्म सञ्चालन हुने संघका सदस्य समेत रहेका प्रतियोगिता संयोजक प्रथम पराजुलीले बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij