images
images

आइतवार, जेठ ६ गते २०८१

मर्चवारलाई दुधको पकेट क्षेत्रका रुपमा विकास गर्न तीनवर्षे योजना

मर्चवारलाई दुधको पकेट क्षेत्रका रुपमा विकास गर्न तीनवर्षे योजना

images
images
images
शुक्रवार, फाल्गुण ७ २०७७
शुक्रवार, फाल्गुण ७ २०७७
  • मर्चवारलाई दुधको पकेट क्षेत्रका रुपमा विकास गर्न तीनवर्षे योजना

    भैरहवा, ७ फागुन । 
    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले मर्चवार क्षेत्रमा दुध उत्पादन कार्यक्रम सुरु गरेको छ । बनगाई मर्चवार रोड करिडोर आसपासका एक सय किसानहरुलाई लक्षित गरी कार्यक्रम सुरु भएको हो । आयोजना तीन वर्षसम्म सञ्चालन हुनेछ । पशु सेवा विज्ञ केन्दको ५० लाख अनुदान तथा किसानको ५० लाख २५ हजार लागतमा आयोजना सञ्चालन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख डा. प्रवेज आलमले बताए । पहिलो वर्ष गोठ निर्माण तथा सुधार गर्ने, घाँसको विउ तथा बेर्ना वितरण, परजीवी नियन्त्रण गर्ने, औषधोपचार, भेटामिन तथा खनिजको व्यवस्था, ईलेक्ट्रिक च्याफकटर लगायतमा अनुदान दिने डा. आलमले जानकारी दिए । 

    images
    images
    images

    शुक्रबार कोटहीमाई गाउँपालिकामा कार्यक्रम सञ्चालन गरी लुम्बिनी प्रदेशका कृषि मन्त्री आरती पौडेलले मर्चवार मार्ग लक्षित दुध उत्पादन कार्यक्रमको शुभारम्भ गरेकी हुन् । मर्चवार क्षेत्रका अधिकांश नागरिकको मूख्य पेशा कृषि र पशुपालन हो । निर्वाहमुखी पशुपालन गर्दै आएका किसानहरुलाई व्यवसायिक बनाउन प्रदेश सरकारले कार्यक्रम सुरु गरेको मन्त्री पौडेलले बताइन् । 

    कार्यक्रम सञ्चालन गर्न किसानहरुले सञ्चालक समिति बनाएका छन् । आधुनिक तरिकाले पशुपालन गर्न पशु चिकित्सकहरुले तालिम दिने, व्यवसाय विस्तार गर्न अनुदान पनि पाइने भएकाले किसानहरु उत्साहित बनेका छन् । अहिले मर्चवार क्षेत्रमा उत्पादन भएको दुध भैरहवा तथा भारतको नौतनहवा क्षेत्रमा विक्री हुँदै आएको छ । मूख्य पेशा कृषि, पशुपालन भएका नागरिकहरुले पनि कामचलाउ तरिकाले काम गरिरहेका छन् । गरिरहेको पशुपालनलाई तालिम पश्चात व्यवस्थित गरी दुध उत्पादन बढाउने किसानहरुले बताए ।

    दुध उत्पादन बढ्दै गएपछि दोस्रो वर्षदेखि डेरी सञ्चालनमा अनुदान, चिस्यान केन्द्र स्थापना, बजारीकरणमा सहयोग गर्ने कार्यक्रम छ । एआई सेन्टर स्थापना, घाँस स्रोत केन्द्र स्थापना, मिल्क क्यान र काउ म्याट खरिद लगायतमा अनुदान दिइने विज्ञ केन्द्रले जानकारी दिएको छ । पशु प्राविधिकहरुको सहकार्यमा किसानलाई प्राविधिक ज्ञान र आधुनिक तरिका सिकाई मर्चवार क्षेत्रलाई दुधको पकेट क्षेत्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना छ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij