images

मंगलवार, बैशाख १८ गते २०८१

‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’

‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’

images
images
images
सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • ‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’

    बुटवल, ३ वैशाख ।
    यातायात मजदुर तथा व्यवसायी भलाई कोषको स्वर्ण महोत्सव तथा ४६ औं साधारणसभा सोमबार सम्पन्न भएको छ । स्वर्ण महोत्सवका अवसरमा स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन तथा मूल समारोह गरिएको हो ।

    images

    स्वर्ण महोत्सवको अनावरण गर्दै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले यातायात मजदूर तथा व्यवसायी भलाई कोषले ठूलो संख्यामा रहेका मजदूर र व्यवसायीको हितमा काम गर्दै आएको भन्दै प्रशंसा गरे । भलाई कोषले व्यवसायी तथा मजदूर वर्गको आर्थिक सुरक्षामा खेलेको भूमिका उच्च रहेको उनले बताए ।

    त्यस्तै स्वर्ण महोत्सव तथा साधारणसभाको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गरेका थिए । त्यस अवसरमा बोल्दै नगरप्रमुख खाणले मजदूर र व्यवसायी समेटेपछि संस्था सबल बन्दै गएको र दुर्घटना न्यूनीकरणको अभियानमा समेत प्रभावकारी काम हुन सकेको बताए । दुर्घटनापछि हुने झण्झटिलो कानूनी प्रक्रियालाई सहजीकरण गर्न, मजदूर र व्यवसायीको आर्थिक नोक्सानीमा संस्थागत सहकार्यका माध्यमबाट कोषले आफूलाई अगाडि बढाउँदै लगेको उनले बताए ।

    कार्यक्रममा बोल्दै संस्थाका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य कुमार थापाले भलाई कोषको विगतदेखि वर्तमानसम्मको अवस्थाबारे चर्चा गर्दै मजदूहरुको हितको लागि भनेर स्थापना गरिएको भलाई कोषमा समयक्रमसँगै व्यवसायीलाई पनि आवद्ध गराएर संस्था विस्तार गर्न सकिएको बताए ।  त्यसो नगरिएको भए संस्था अहिलेको अवस्थामा नआउने समेत उनले बताए ।

    कोषका अध्यक्ष दिनेश फुल्लेलले ब्यावसायिक हकहितका लागि निरन्तर संस्था लागेको बताउँदै समयसापेक्ष दुर्घटना न्युनीकरणलगायत रचनात्मक कार्यक्रम समेत गर्दै आएको बताए । 

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सरकारले निजी क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताए । उनले निजी क्षेत्रको हितमा कानुन बनाएर लैजानुपर्ने सुझाव दिए । ठूलो संख्यामा स्वरोजगार गराउने सफल भएको कोषको पक्षमा सरकारबाट पहल हुनुपर्ने उनले बताए । 

    कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले दुर्घटनाकै कारण सडक अवरुद्धदेखि विभिन्न आइपर्ने समस्या समाधानमा कोषबाट योगदान मिलेको बताए । सडक दुर्घटनालाई न्यूनीकरण गर्ने अभियानमा ट्रफिक प्रहरी सधै साथ लिएर अघि बढ्न तयार रहेको बताए ।

    कार्यक्रममा जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतम, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेल, पूर्व कोषाध्यक्ष नगेन्द्र गोविन्द श्रेष्ठ, नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, नेपाली काग्रेस रुपन्देही क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति प्रजापाल गिरी, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष निर्मल जिसी, राप्रपा नगरअध्यक्ष निरजप्रताप खाँड, पश्चिम नेपाल बस व्यवसायी संघका पूर्व अध्यक्ष तुल्सीराम बन्जाडे, नेपाल औषधि व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष माधव खनाल, रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल, नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष काजिमान श्रेष्ठ, कोषका पूर्व अध्यक्ष चिन बहादुर गुरुङ, खुद्रा व्यवसायी संघका अध्यक्ष महेन्द्र पोखरेल, प्राचीन कपिलवस्तु यातायात प्रालिका सचिव राजु श्रेष्ठ, संस्थाका वरिष्ठ उपाध्यक्ष छबिलाल थापालगायतले शुभकामना दिएका थिए । 

    कार्यक्रममा संस्थापक अध्यक्ष स्वर्गीय राजेन्द्र सिह श्रेष्ठ, दामोदर ज्ञवाली, स्वर्गीय विजय प्रसाद लाकौल, स्वर्गीय भक्ति शर्मा लगायतको परिवारलाई सम्मान गरिएको थियो । त्यसै गरी लामोसमय यातायात सेवा गरेका उमेर हदबन्दीका कारण सवारीचालक अनुमतिपत्र नविकरण नभएका दुई जना चालकहरु नवराज फुल्लेल र ठाकुर अधिकारीलाई नगद ५–५ हजार रुपैयाँबाट सम्मान गरिएको छ । 

    त्यसै गरी जेष्ठ चालकहरु विजय न्यौपाने, रंजित पाण्डे अनुशासित चालक अनिल शाहीलाई सम्मान गरिएको छ । त्यसै गरी कोषका पूर्वअध्यक्ष कुमार केसीलाई अभिनन्दन, कोषमा २५ वर्ष भन्दा लामो अवधि काम गरेका कर्मचारीलाई सम्मान गरिएको छ । स्मारिका प्रकाशन, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवललाई लाईट ज्याकेट वितरण, उत्कृष्ट पत्रकारिता पुरस्कार वितरण गरिएको महासचिव योग गुरुङले बताए ।

    यसैबीच लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले स्वर्ण महोत्सवको अवसरमा कार्यालय परिसरमा स्वर्णस्तम्भ अनावरण गरेका छन ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij