२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पूर्व गृहमन्त्री पाण्डेयको आग्रह : मुलुकको विकासमा एकजुट भएर लागौं

बुधवार , बैशाख ५, २०८१

भैरहवा, ५ वैशाख ।
प्रदेश सभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेयले मुलुकको विकासमा एकजुट भएर लाग्न सबैलाई आग्रह गरेका छन् । उनले मुलुकको सर्वाङ्गिण विकास, समृद्धि, शान्ति सुरक्षा र सुशासन कायम गर्न सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

खबरपात्रोसँग कुराकानी गर्दै पूर्वमन्त्री पाण्डेयले लामो संघर्ष र शहीदको बलिदानबाट प्राप्त संघीयताको रक्षा गर्दै प्रदेश सरकारलाई थप बलियो बनाउनुपर्ने बताए । उनले नयाँ वर्ष २०८१ को शुभकामना समेत व्यक्त गर्दै २०८१ सालमा मुलुक आर्थिक रुपमा समृद्ध हुने विश्वास व्यक्त गरे ।

‘पर्यटनको माध्यमबाट नै मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ । धेरै भन्दा धेरै पर्यटन नेपालमा ल्याउने वातावरण बनाउनुपर्छ । पर्यटन क्षेत्रको विकासले रोजगारीको धेरै अवसर सिर्जना हुन्छ र आर्थिक क्षेत्रलाई पनि चलायमान बनाउँछ, ’उनले भने ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) लुम्बिनी प्रदेश संसदीय दलका नेतासमेत रहेका पाण्डेयले मुलुकको विकासमा सबैको साझा राष्ट्रिय संकल्पको खाँचो रहेको र त्यसका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए ।