२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

१७ महिनापछि लुम्बिनीमा विषयगत समितिले पाए नेतृत्व

बिहिवार , बैशाख ६, २०८१

  • 883
    Shares
  • 883
    Shares
  • रुपन्देही, ६ वैशाख ।
    लुम्बिनी प्रदेशको संसदीय (विषयगत) समितिहरूले १७ महिनापछि नेतृत्व पाएको छ । तीन ठूला राजनीतिक दलले विषयगत समितिको सभापतिमा गरेको भागबण्डाका आधारमा सभापति चयन भएका हुन् । 

    ६ विषयगत समिति र १ विशेषाधिकार समिति गरी ७ वटा समितिमा ७ जनाको मात्रै उम्मेदवारी परेपछि सर्वसम्मत रूपमा नेतृत्व छानिएको घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बुधबार सभापतिहरूको शपथग्रहण गराएका हुन् । 

    सतारुढ नेकपा (एमाले) ले विशेषाधिकारसहित ३, नेकपा (माओवादी केन्द्र) ले २ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २ समितिको नेतृत्व पाउने सहमति भएको थियो । 

    लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश मामिला तथा कानुन समितिमा दिलकुमारी बुढा, सामाजिक विकास समितिमा यमबहादुर नेपाली, कृषि, वन तथा वातावरण समितिमा विश्वप्रेम पाठक, भौतिक पूर्वाधार विकास समितिमा रामजीप्रसाद घिमिरे, अर्थ, उद्योग तथा पर्यटन समितिमा राजुप्रसाद श्रेष्ठ, सार्वजनिक लेखा समितिमा माया पुन र विशेष अधिकार समितिमा गिरीधारीलाल न्यौपाने सभापतिमा निर्वाचित भएका छन् ।