images

बुधवार, बैशाख १९ गते २०८१

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन वैशाख १५ मा हुने

नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन वैशाख १५ मा हुने

images
images
images
बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन वैशाख १५ मा हुने

    रुपन्देही, ६ वैशाख ।
    नेपाल पत्रकार महासंघ रुपन्देहीको अधिवेशन २०८१ वैशाख १५ गते हुने भएको छ । पत्रकार महासंघ रुपन्देहीको बिहीबार बुटवलमा बसेको कार्यसमिति बैठकले महासंघको केन्द्रीय सर्कुलर अनुसार वैशाख १५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । 

    images
    images
    images

    बैठकले अधिवेशनका अवसरमा पत्रकारिता पुरस्कार वितरण गर्ने, महासंघका पूर्वअध्यक्ष प्रेस स्वतन्त्रता सेनानीलाई सम्मान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले अधिवेशन तयारीका लागि विभिन्न उपसमिति समेत बनाएको सचिव विनोद परियारले जानकारी दिए । 

    जिल्ला शाखाका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता, महासंघका  केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासचिव रोशन पुरी तथा कोषाध्यक्ष कलेन्द्र सेजुवालको विशेष उपस्थितिमा बैठक बसेको हो । 

    बैठकमा महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एवं सल्लाहकारहरु डा. बालकृष्ण चापागाई, हरि लम्साल, शेरबहादुर केसी, सल्लाहकार माधव ढुंगाना, इन्दिरा अर्यालको उपस्थिति रहेको थियो । 

    बैठकलाई सम्बोधन गर्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकार महासंघ रुपन्देही सक्रिय र रचनात्मक काम गर्ने जिल्लाका रुपमा रहेको बताउँदै अधिवेशनलाई रचनात्मक बनाउन सुझाव दिए ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij