२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

मुख्यमन्त्रीले पुल उद्घाटन गर्नुअघि शिलालेख नै गायब

शुक्रवार , फाल्गुण ७, २०७७

भैरहवा, ७ फागुन । 
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा झोलुङे पुल उद्घाटन गर्नु अघि शिलालेख नै गायब भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले झोलुङे पुलको उद्घाटन गर्नुअघि नै शिलालेख नै गायब भयो ।

सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ र लुुम्बिनी सांस्कृतिक नगरपालिका–२ लाई जोड्ने लम्तिहवामा निर्माण गरिएको पुलको लागि उक्त शिलालेख राखिएको थियो ।

दानव नदीमा २ सय ३ दशमलव ८ मिटर लामो बनेको झोलुङे पुलको शिलालेख गायब भएपछि मुख्यमन्त्री पोखरेलले रिबन काटेर पुलको उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले गायब भएको शिलालेख प्रहरीसमक्ष बुझाउनेलाई पुरस्कार वापत व्यक्तिगत ५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् । उनले भने ‘शिलालेख प्रहरीसम्म पुर्याइदिनेलाई प्रहरीले कुनै कारवाही नगर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ 

के प्रयोजनको लागि शिलालेख लगिएको र कसको भनाइमा त्यस्तो काम गरिएको जानकारीको अपेक्षा राख्दै अबको दिनमा त्यस्ता काम नगर्न मुख्यमन्त्री पोखरेलले आग्रह गरेका थिए । 

Shankar pokhrel.jpgत्यसै गरी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले शिलालेख गायब भएकोप्रति दुःख व्यक्त गरे । उनले शिलालेख चोरी गर्नेको खोजी गर्न र निर्माण कम्पनीले पुनः अर्को शिलालेख लगाउन निर्देशन दिए ।