२०८३, आश्विन १२ गते

Sep 28 2026 | २०८३, आश्विन १२ गते

रोहिणी–४ मा निःशुल्क आँखा शिविर

शनिवार , बैशाख ८, २०८१

  • 877
    Shares
  • 877
    Shares
  • भैरहवा, ८ वैशाख ।

    रुपन्देहीको रोहिणी गाउँपालिकाको वडा नम्बर ४ औरहवास्थित श्री जनजागृति आधारभूत विद्यालयमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

    नेपाल बाल कल्याण सिद्धार्थनगर, रुपन्देहीको आयोजना तथा नेपाल नेत्रज्योति संघ श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा भएको एकदिने शिविरमा १६० जना विद्यार्थीहरुको आँखा परीक्षण भएको अस्पतालका वरिष्ठ नेत्र अधिकृत संजीव अधिकारीले बताए ।

    कार्यक्रममा नेपाल बाल कल्याण संस्थाका अध्यक्ष अधिवक्ता धर्मबहादुर खड्काले ग्रामीण क्षेत्रका पछाडि परेका सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखी निः शुल्क आँखा शिविर सञ्चालन गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले भने, ‘आँखा जीवनको ज्योति हो । विद्यार्थीको आँखा स्वस्थ नभएमा राम्रोसँग शिक्षा आर्जन गर्न सक्दैनन् । त्यसैले आँखा स्वास्थ्यमा ध्यान दिनुपर्छ ।’

    कार्यक्रम संयोजक अधिवक्ता नरसिंह चौधरीको अध्यक्षता तथा संस्थाका महासचिव संगित जि.सी.को सञ्चालनमा भएको कार्यक्रमको उद्देश्यमाथि संस्थाका उपाध्यक्ष अधिवक्ता दिलिप कुमार मल्लिकले प्रकाश पारेका थिए ।

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष बलिराम हरिजन, प्रध्यानाध्यापक बबुन्ना गद्दी, आँखा शिविरका प्राविधिक संयोजक संजिव अधिकारी तथा अभिभावकको उपस्थितिमा आखा शिविर सम्पन्न भएको थियो । आँखा परीक्षणपश्चा संस्थाले विद्यार्थीलाई आवश्यकता अनुसार औषधी उपलब्ध गराएको कार्यक्रम संयोजक चौधरीले बताए ।