भैरहवा, ८ वैशाख ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीको सभाहलमा सञ्चालन हुँदै आएको प्रोफेसनल लिडरसीप डेभलमेन्ट ट्रेनिङको छैठौं श्रृखंला शुक्रबार (हिजो) सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका–९ उदयपुरस्थित संगठनको सभाहलमा प्रत्येक हप्ताको शुक्रबार यो तालिम सञ्चालन हुँदै आएको छ । तालिमको प्रशिक्षक विजय पाण्डेले सहजीकरण गर्दै आएका छन् ।
नेतृत्व तथा व्यक्तित्व क्षमताको विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको तालिमका संयोजक तथा संगठनका सचिव गौतम कुमार गुप्ताले बताए ।
कार्यक्रम संयोजक गुप्ताको स्वागत तथा संगठनका वाणिज्य उपाध्यक्ष राम मिलन यादवको धन्यवाद ज्ञापनमा सम्पन्न कार्यक्रममा उद्योग उपाध्यक्ष मधुसुदन अर्याल, कोषाध्यक्ष सुरेन्द्र पाण्डेलगायतले भनाइ राखेका थिए । त्यस्तै महासचिव लक्ष्मी अधिकारीले टिप्पणी प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा संगठनका कार्यसमिति सदस्य रामप्रसाद श्रेष्ठले महावीर पुनको जीवनबारे चर्चा गरेका थिए ।